प्रिमियर लिगमा सिटी र लिभरपुलको जित

Avatar आदर्श समाज सम्वाददाता
चैत्र २२, २०७७
city

पोखरा । इंग्लिस प्रिमियर लिगमा शीर्षीस्थानको म्यानचेस्टर सिटीले लेस्टर सिटीमाथि उसकै मैदानमा २–० को जित हात पारेको छ ।

खेलको ५८ औं मिनेटमा बेन्जामिन मेन्डी र ७४औं मिनेटमा जेससले गोल गर्दै सिटीलाई जित दिलाए ।

सिटीको ३१ खेलमा ७४ अंक छ । २ खेल कम खेल्दै दोश्रो स्थानको म्यान्चेस्टर यूनाइटेडको ५८ अंक छ ।

त्यस्तै, लिभरपुलले आर्सनविरुद्ध जित निकालेको छ ।
लिभरपुलको जितमा डिएगो जोटाको २ तथा मोहम्मद सलाहको १ गोल गरे ।

यो जितसँगै लिभरपुल ३० खेलबाट ४९ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । पराजित आर्सनल ४२ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads