बारपाकमा जिप दुर्घटना, २ को मृत्यु, ७ घाइते

आदर्श समाज सम्वाददाता
चैत्र २१, २०७७
noida_road_accident

पाेखरा । गोरखाकाे बारपाकमा भएको शनिबार बेलुका भएकाे जीप दुर्घटनामा २ जनाकाे ज्यान गएकाे छ ।

शनिबार बेलुका करिब पौने ७ बजे ना५च ३२९८ नम्बरको जिप दुर्घटना हुदा दुई जनाको मृत्यू भएको भने ८ जना घाइते भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

लमजुङको बिचौरबाट बारपाक भ्रमण गरेर फर्केका युवाहरु चढेको जीप शनिबार साँझ पौने साते बजे दुर्घटना हुँदा बिचौरका दुईजनाको मृत्यु भएको स्थानीयले बताएका छन् ।

बारपाक सुलिकोट गाउँपालिका २ को राङरुङ भीरबाट जिप करिब ६० मिटर तल दरौँदी नदीमा खसेको स्थानीयले बताए ।

हाल घाइतेको उद्धार गरी बस मार्फत जिल्ला अस्पताल ल्याइएकाे र थप विवरण  आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय गोरखामा डिएसपी प्रकाश दाहालले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width