काठमाडौं । नेपाल पत्रकार महासंघको २६औँ महाधिवेशनका लागि नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस संगठन नेपाललगायत पत्रकारहरूको संस्थाले संयुक्तरूपमा उम्मेदवार घोषणासभाको आयोजना गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा विपुल पोखरेल नेतृत्वको महासङ्घ केन्द्रीय समितिको लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी पत्रकारको संयुक्त प्यानल घोषणा गरिएको हो। घोषित उम्मेदवारहरूमा अध्यक्षमा पोखरेल, वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, उपाध्यक्ष महिलामा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम, महासचिवमा रोशन पुरी छन्।
यस्तै खुला सचिवमा गोविन्दप्रसाद चौलागाईँ, महिला सचिव सिर्जना अर्याल, आदिवासी जनजाती सचिव नारायणसुन्दर किलम्बू, मधेशी सचिव दीपेन्द्र चौहान, दलित सचिवमा हेमकर्ण विक, एसशोसिएट सचिवमा पवन आचार्य, कोषाध्यक्षमा कलेन्द्र सेजुवाल र लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने छन्।
यस्तै खुला सदस्यमा छवि तिवारी, नारायणप्रसाद पङ्गेनी, वासुदेव शर्मा, माधव पौडेल, रमेश खतिवडा र शिवराज खत्री छन्। महिला सदस्य (खस आर्य)मा सरिता तिम्सिना, महिला सदस्य (मधेशी)मा ललिताकुमारी साह, आदिवासी जनजाति महिला सदस्यमा शान्ता आङबुहाङ, दलित महिला सदस्यमा सरिता बराइली छन्।
यस्तै आदिवासी जनजाति सदस्यमा भीसन राई र आदिवासी जनजाति (महिला)मा सन्चकुमारी लामा तामाङ, दलित सदस्य प्रकाश धौलाकोटी र दलित महिला सदस्यमा राधा नेपाली उम्मेदवार छन्।
मधेशी सदस्यमा सुभाषप्रसाद साह र मधेशी महिला सदस्यमा रिंकुुकुमारी मिश्र, सदस्य (अपांगता) मा नवीन रिजाल र अल्पसङ्ख्यकमा इफ्तार हसन, लेखा समिति सदस्य खुलामा मुकुन्दप्रसाद भण्डारी र लेखा समिति सदस्य (महिला)मा देवी सापकोटा छन्।
सदस्यमा प्रदेश नं १ मा अमर खड्का र श्यामकृष्ण दाहाल, प्रदेश नं २ मा अनिल मिश्र र शिव पुरी, वाग्मती प्रदेशमा ध्रुव रावल र सुनिल खड्का गण्डकी प्रदेशमा प्रदीप काफ्ले र त्रिभुवन पौडेल, लुम्बिनी प्रदेशमा भवानीप्रसाद पाण्डे र सुशील पोखरेल, कर्णाली प्रदेशमा दीपेन्द्र शर्मा र भीमबहादुर सिंह, सुदूरपश्चिम प्रदेशमा उत्तरसिंह विष्ट र भरतबहादुर शाह उम्मेदवार छन्।
यस्तै उपत्यका प्रदेशमा शान्तराम बिडारी र ज्ञानप्रसाद पौडेल, प्रतिष्ठान प्रदेशमा गजेन्द्रराज ओझा र रामकृष्ण अधिकारी, एशोसिएट प्रदेशमा ओमबन्धु कार्की र विकास कार्की उम्मेदवार छन्।
कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस संगठन नेपालका अध्यक्ष महेश्वर दाहाल, प्रेस चौतारी नेपालका उपाध्यक्ष विश्वमणि सुवेदी, प्रगतिशील पत्रकार संघका अध्यक्ष उदय जिएम र क्रान्तिकारी पत्रकार महासंघका कार्यवाहक अध्यक्ष नारायण पंगेनीले व्यवसायिक पत्रकारहरूको गठबन्धनलाई विजयी बनाउन सबै पक्षले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए। महासंघको महाविधेशन यही चैत २५ गते हुनेछ। रासस
Related News
सम्बन्धित समाचार
एक महिना अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी
भ्याक्सिनले मात्रै कोरोनालाई हराउन सकिन्छ भन्ने नसोचौं : डब्लुएचओ प्रमुख
बगाले बगेडी चरा संरक्षणप्रति सरोकारवालाको चासो
सरकार ढाल्न कांग्रेसले बटुल्यो हस्ताक्षर, जनमाेर्चाले निर्णय दिन सकेन
प्रदेशस्तरीय सुरक्षा गोष्ठी : गण्डकीमा कस्तो छ सुरक्षा अवस्था ?
hero news full width
मुख्य समाचार
कोरोनाबाट गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु
‘प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ’
चैत्र ३०, २०७७आहा ! फुटबलमा दर्शक
चैत्र ३०, २०७७कोरोनाको बढ्दो ग्राफ, कास्कीका विद्यालय कहिले बन्द ?
चैत्र ३०, २०७७गण्डकी सरकार : ढलाउन भन्दा बनाउन सकस
चैत्र २९, २०७७मनोज विकलाई पेन गनबाट गोली हान्ने राजकिशोर पक्राउ
चैत्र २९, २०७७