वालिङका सहकारीलाई बिउबिजन वितरण

आदर्श समाज सम्वाददाता
चैत्र २१, २०७७
Aduwa_hastantaran_waling

वालिङ । वालिङमा सहकारीलाई बिउबिजन बाँडेर राष्ट्रिय सहकारी दिवस मनाइएको छ । नगरभित्र क्रियाशील अदुवा, बेसार तथा मसलाजन्य सहकारीलाई अदुवाको बिउ वितरण गरिएको हो ।

६४ औं राष्ट्रिय सहकारी दिवस २०७७ का अवसरमा सामूहिक खेतीका लागि सहकारीहरुलाई अदुवाको बिउ बितरण गरिएको नगरपालिकाले जनाएको छ ।

वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालित ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना’ अन्तर्गत विभिन्न ३० वटा सहकारीहरुलाई अदुवाको बिउ वितरण गरिएको हो ।

वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँण, प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराई, दियालो संस्थाका अध्यक्ष कविता तिवारी, कृषि शाखा प्रमुख सुभास अर्याल लगायतले सहकारीमा आवद्ध सदस्यलाई अदुवाको बिउ प्रदान गरेका हुन् ।

सहकारीको माध्यमबाट सामूहिक खेती मार्फत नागरिकलाई आर्थिक उपार्जनतर्फ अगाडि बढाउने कार्य अन्तरगत सहकारीहरुलाई अदुवाको बिउ वितरण गरिएको दियालो संस्थाका अध्यक्ष कविता तिवारीले जानकारी दिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width