आमा बन्दै नायिका प्रियंका कार्की

आदर्श समाज सम्वाददाता
चैत्र २१, २०७७
Priyanka Aayushman

पोखरा । फेसबुक मार्फत नायिक प्रियंका कार्कीले आफू आमा बन्न लागेको खुलाएकी छन् । विवाह भएको १ वर्षपछि अभिनेत्री प्रियंका कार्की आमा बन्ने भएकी हुन् ।

शुक्रबार उनले फेसबुकमा आफ्नो बेबी बम्पसहितको फोटो सार्वजनिक गर्दै आमा बन्न लागेको जानकारी दिएकी हुन् । उनले लेखेकी छन्, ‘यु क्यान स्टप आस्किङ नाउ । यस, वि आर प्रेग्नेन्ट ।’

उनीहरुलाई सामाजिक सञ्जालमा बधाईका प्रतिक्रियाहरु आइरहेका छन् । उनको ‘वि आर प्रेग्नेन्ट’ भन्ने शब्दमा भने धेरैले ठट्यौली जवाफ दिइरहेका छन् ।

२ वर्षको प्रेम पछि गत फागुन १६ गते विवाह विवाह गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width