दमौली । साताभरि धुम्म परेको मौसम शुक्रबार खुल्योे । तुवाँलो मडारिँदाको केही दिनपछि आकाश खुल्दा सबैको मुहारमा खुसीको आभा देखिन्थो । बिहान ११ बजेदेखि व्यास ३ स्थित अनसन चौतारीमा युवाहरु फोटो प्रदर्शनीमा लागेका थिए । विभिन्न ठाँउमा खिचिएको फोटोहरु फ्रेममा लस्कर राखिएको थियो । युवा समूहले ब्यानर टाँस्यो, जसमा लेखिएको थियो ‘सम पज मोमेन्ट बाइ विकास दरै ।’ यो देखेपछि जिज्ञासा हुन सक्छ, को हुन् त विकास ? विकास दमौलीका कुशल फोटोग्राफर हुन् ।
व्यास ४ मा बस्दै आएका दरैले देशको विभिन्न ठाँउमा पुगेर तस्बिर कैद गरेका छन् । फोटोग्राफी क्षेत्रमा रमाएका दरै अहिले क्यान्सरसँग पौंठेजोरी खेल्दै छन् । जीवन र मरणकोे दोसाँधमा छन् । आन्द्राको क्यान्सरबाट पीडित विकास केही वर्षदेखि भारतको दिल्लीमा उपचाररत छन् । उपचारमा आर्थिक अभाव भएपछि उनले नै खिचेका तस्बिर बेचेर उपचार खर्च जुटाउन लागिएको छ । दरैले खिचेका तस्बिर शुक्रबार अनसन चौतारीमा प्रदर्शनी गरिएको हो । ‘विकासको उपचारमा सहयोग पुगोस् भन्ने हेतुले तस्बिर बेचेर उपचार खर्च जुटाउन लागेका हौं ।’ दरैका साथी प्रवेश पोखरेलले भने, ‘सबै साथीहरु मिलेर उनलाई बचाउन फोटो प्रदर्शनी गरेका हौं ।’
पोखरेलका अनुसार दरैले खिचेको फोटा २ हजारका दरले बिक्री गरिएको छ । शुक्रबार १ सय ७ वटा तस्बिर बिक्री भएको उनले जानकारी दिए । उनले अन्य दिनमा अन्य ठाउँमा पुगेर फोटो प्रदर्शनी र बिक्री गर्ने योजना रहेको बताए । घरको सबै जिम्मेवारी दरैको काँधमा छ । तर उनी आफैं थला परेर अस्पतालको बेडमा पुगेपछि उपचारका लागि सहयोग गर्न परिवारले अपिल गरेको छ ।
Related News
सम्बन्धित समाचार
कृषिमा छैनन् दरबन्दी अनुसार कर्मचारी
देवचुलीमा पानीको हाहाकार
मुख्यमन्त्रीलाई सांसद खड्काको ब्याटल : शालीन लाग्थ्यो, नकाब उघ्रियो
माओवादी बाहिरिएपछि सरकार टिकाउने खेलमा मुख्यमन्त्री गुरुङ, बल जनमोर्चाको कोर्टमा
पत्रकार महासंघ मुस्ताङमा सुन्दर थकाली
hero news full width
मुख्य समाचार
संक्रमण बढी भएका स्थानमा ३ साता शैक्षिक संस्था बन्द गर्न सिफारिस
सभापतिबाहेक अरु पदमा उठ्दिनँ : डा शेखर कोइराला
चैत्र २८, २०७७आहारारा गोल्ड कप संकटालाई
चैत्र २८, २०७७पत्रकार महासंघमा विपुल पोखरेल प्यानल विजयी
चैत्र २८, २०७७आहाराराले पाउनेछ नयाँ विजेता
चैत्र २८, २०७७माओवादी केन्द्रले दर्ता गरायो गृहमन्त्री थापाले दल त्याग गरेको सूचना
चैत्र २७, २०७७