बच्चा मारेको आरोपमा आमा पक्राउ

आदर्श समाज सम्वाददाता
चैत्र २०, २०७७
628999-arrestthinkstockphotos

पोखरा । आफैंले जन्माएको बच्चा मारेको अभियोगमा कास्की प्रहरीले १ युवतीलाई पक्राउ गरेको छ ।

प्रहरीले बागलुङको ढोरपाटन ३ स्थायी घर भई कास्की अन्नपूर्ण गाउँपालिका २ बस्ने २२ वर्षीया गीता कुँवर सुनारलाई पक्राउ गरेको हो ।

उनलाई ४२ दिनको नवजात शिशुलाई कर्तव्य गरी मारेको अभियोगमा पक्राउ गरिएको कास्कीका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

कर्तव्य ज्यानसम्बन्धी कसुर अन्तर्गत अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको कास्की प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width