मिक्चरमा बेरिएर मुस्ताङमा एकको मृत्यु

आदर्श समाज सम्वाददाता
चैत्र २०, २०७७
msutang

तस्बिरः निरज थकाली

म्याग्दी,२० चैत । बेनी–जोमसोम–कोरला सडक अन्तर्गत बेनी–जोमसोम सडकको मुस्ताङखण्डमा काम गर्ने क्रममा एक मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

आज विहान घरपझोङ गापा ३ स्याङ स्थित सडकमा सडकवालको काम गर्ने क्रममा म्याग्दी जिल्ला मंगला गाउँपालिका ४ बस्ने २० वर्षीय लालबहादुर रोकाको मिक्चरमा बेरिएर घटनास्थलमा मृत्यु भएको हो । शव निकालेर परीक्षणका लागि जिल्ला अस्पताल मुस्ताङमा राखिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width