पोखरामा आजबाट रेस्लर भिडन्त

आदर्श समाज सम्वाददाता
चैत्र २०, २०७७
Wresling Photo

पोखरा। नेपाल रिङ रेस्लिङ संघको आयोजनामा पोखरा शुक्रबारदेखि दोस्रो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसीप–२०२१ हुँदैछ ।

पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा २ दिनसम्म हुने प्रतियोगिताको तयारी पूरा भएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको हो ।
सम्पूर्ण खेलाडीहरु काठमाडौंबाट पोखरा आइसकेको नेपाल रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले बताइन् ।

प्रतियोगितामा नुवाकोटे टाइगर, थागु, द यूव, डेभिड, साइन, टुप्पी ग्याङ, एक्स हिरो, सोफी, दिलाशा, चट्टान, लेडी एञ्जल, किङ रोवर्ट, तन्नु, सिजे, युविएल, एससी, हुम्ली फाइटर, योगी, जोन लगायत महिला तथा पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । उनीहरुले ३ वटा वेट क्याटोगरीमा प्रतिस्पर्धा गर्ने भएको संघकी महासचिव श्रेष्ठले जानकारी दिइन् ।

प्रथम हुने खेलाडीले १ लाख सहित च्याम्पियन बेल्ट र दोस्रोले ५० हजार रुपैयाँ साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा करिब २९ लाख खर्च हुने आयोजकको अनुमान छ ।

दर्शकलाई थप मनोरञ्जन दिन हास्य कलाकार सन्दीप क्षत्रीको विशेष प्रस्तुति रहने छ ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width