सयपत्री सहकारीमा क्युआर कोड सेवा

Avatar आदर्श समाज सम्वाददाता
चैत्र २०, २०७७
sayapatri

पोखरा । राष्ट्रिय सहकारी दिवस अवसरमा सयपत्री बचत तथा ऋण सहकारी संस्था, रानीपौवाले क्युआर सेवा बिस्तार गरेको छ ।

सहकारीलाई थप प्रविधि मार्फत सदस्यलाई सेवा दिन इसेवा कम्पनी र इन्फोडेभलर्पस् सफ्टवयर कम्पनीको सहकार्यमा सोे सेवा बिस्तार गरिएको जनाइएको छ ।

संस्थाले यसअघि पनि स्मार्ट मोबाइल बैंकिङ सेवा, आफ्नौ एटिएम र डेबिट कार्ड सेवा, फन्ड ट्रान्सफर सेवा दिँदै आएको संस्थाका अध्यक्ष रवीन्द्रनाथ बास्तोलाले जानकारी दिए ।

सो सेवा शुभारम्भ गर्दै इसेवा कम्पनी गण्डकी प्रदेशका प्रमुख विनोद बोहोराले कास्की जिल्लामै सहकारीमार्फत क्युआर सेवा बिस्तारमा सयपत्री दोस्रो संस्था रहेको बताए । उनले सोे सेवा बिस्तारबाट सदस्यले नेपालको जुनसुकै बंैक, सहकारीबाट आफ्नो खातामा रकम जम्मा गर्न सहज हुने बताए ।

सफ्टवयर कम्पनी इन्फो डेभलपर्स् पोखरा प्रमुख सुवास आचार्यले सहकारी संस्थाहरुमा क्युआर सेवा बिस्तार गर्न सफ्टवयरतर्फबाट अति व्यवस्थित तवरले व्यवस्थापन गरिएको बताए ।

सहकारीको हाल कुल निक्षेप १ अर्ब ४२ करोड, कर्जा १ अर्ब ३० करोड र जम्मा सम्पत्ति तथा दायित्व (ब्यालेन्स सिट) १ अर्ब ७६ करोड रुपैयाँ रहेको छ ।

Related News

सम्बन्धित समाचार

    • लेउवा संघ गण्डकीकै उत्कृष्ट

      Avatar आदर्श समाज सम्वाददाता चैत्र ३०, २०७७
      लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघ नेपाल उद्योग वाणिज्य महासंघको ५५ औं वार्षिक साधारण सभामा गण्डकी प्रदेश अन्तर्गतको ‘क’ वर्गको…
    • ग्रीन डेभलपमेन्टको साधारणसभा, लाभांश पारित

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २८, २०७७
      पोखरा । ग्रीन डेभलपमेन्ट बैंकको आठौं वार्षिक साधारण सभाबाट ३.८ प्रतिशत वोनस शेयर र कर प्रयोजनार्थ ०.२० प्रतिशत नगद लाभांश पारित…
    • बोर्डिङ पास देखाए बियर सित्तैमा

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २८, २०७७
      पोखरा । काठमाडौंदेखि पोखरा विमानबाट आउँदै हुनुहुन्छ भने बोर्डिङ पास नफाल्नु होला । त्यो बोडिङ पास देखाएर फेवाताल किनारमा रहेको…
    • सिद्धार्थको आयमूलक तालिम

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २८, २०७७
      पोखरा । सिद्धार्थ क्लब पोखराले महिलालाई आयमूलक तालिम सञ्चालन गरेको छ । तालिम पोखरा ८ का अध्यक्ष रुद्रनाथ बरालले तालिम…
    • लेउवा संघले दियो सदस्य परिवारलाई राहत

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २६, २०७७
      लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले स्थापना गरेको व्यावसायिक राहत कोषबाट पोखरा २६ बूढीबजारका निवासी स्व. कमल अधिकारीको परिवारलाई राहत…

    hero news full width

    sanil ads

    wordlink ads