नवलपुरमा डडेलो अनियन्त्रित, झण्डै १० प्रतिशत वन सखाप

एकै दिन ४५ ठाउँमा डढेलो

रामकुमार श्रेष्ठ
चैत्र २०, २०७७
aagalagi (2)

फाइल तस्बिर

नवलपुर । पूर्वी नवलपरासीमा पछिल्लो १० दिनयता डढेलोले झन्डै १० प्रतिशत वन सखाप भएको छ । डिभिजन वन कार्यालय नवलपुरको तथ्यांक अनुसार यहाँको झन्डै ७५ हजार हेक्टर वन क्षेत्रमध्ये ५ हजार १ सय बढी हेक्टर वन डढेलोले खाइसकेको छ । यो करिब ५ दिन अगाडिको तथ्यांक हो ।

धुवाको एलर्जीले आँखा पोल्ने, आँखा चिलाउने, रातो हुन जस्ता समस्या आउन सक्छन् ।

डिभिजन वन कार्यालय नवलपुरका प्रमुख मोहनराज काफ्लेका अनुसार नवलपुरमा एकै दिन ४५ स्थानसम्ममा डढेलो लागेको थियो । डढेलो लाग्ने क्रम पछिल्लो २ दिनयता केही कमी भए पनि डढेलो लागेको वनको क्षेत्रफल भने मोटामोटी ७ देखि ८ हजार हेक्टर बढी पुगेको अनुमान गरिएको छ ।

काफ्लेका अनुसार नवलपुरमा ९९ प्रतिशत डढेलो मानवीय कारणले लाग्ने गरेको छ । त्यसो त यस वर्ष मौसम सुख्खा हुनु, बेलैमा जंगल सरसफाइ गर्न नपाउनु लगायत कारणले पनि बढी डढेलो लागेको नवलपुरका डिभिजनल वन अधिकृत काफ्लेले बताए ।

नवलपुरका पहाडी क्षेत्रदेखि नारायणी नदीसँग जोडिएको निकुञ्ज आसपासको क्षेत्रमा पनि अहिले डढेलो लागेको छ ।
डढेलोकै कारण वातावरण प्रदुषित भए पनि नेपाल सरकारले ४ दिनका लागि शैक्षिक संस्था बन्द गरेको थियो ।

डढेलोको धुवाले फोक्सोमा समस्या भएका तथा दमका रोगीलाई श्वासप्रश्वासमा समस्या हुने र केटाकेटी तथा ज्येष्ठ नागरिक यसबाट बढी प्रभावित हुने स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागार्इंले बताए ।

त्यसैगरी धुवाको एलर्जीले आँखा पोल्ने, आँखा चिलाउने, रातो हुन जस्ता समस्या आउन सक्ने उनले बताए । सरकारले डढेलो नियन्त्रणका लागि बर्सेनि अर्बौ रुपैयाँ खर्च गर्ने गरे पनि त्यसको प्रभावकारिता यस वर्ष खासै देखिएको छैन ।
जिल्लाका विभिन्न स्थानमा लागेको डढेको र वनका उपभोक्ता, सशस्त्र प्रहरीले नियन्त्रण र वनका कर्मचारीले प्रयास गरिरहेका छन् ।

मध्यविन्दु नगरपालिकाको चोरमारा र डन्डाबीचको पश्चिमतर्फको भागमा बढी क्षति र प्रभाव देखिएको उनको भनाइ छ ।

सञ्चारमाध्यमबाट सूचना सम्प्रेषण गर्नुका साथै विभिन्न चेतनामूलक कार्यक्रम तथा गोष्ठी गरिएको भए पनि वनमा आगो देखिनु उपभोक्ताको असन्तुष्टि रहेको हुन सक्ने आंकलन गरिएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरका अध्यक्ष ठाकुर पाण्डेका अनुसार समयमै दाउरा नखोल्दाका कारण उपभोक्तामा सामुदायिक वनप्रतिको माया घटेका कारण यस्तो भएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै