पत्रकारलाई लाग्यो चुनाव, गण्डकी अध्यक्षमा ४ उम्मेदवार

आदर्श समाज सम्वाददाता
चैत्र १९, २०७७
FNJ Gandaki Election

पोखरा । नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशको अध्यक्षमा ४ जनाको उम्मेदवारी परेको छ । पत्रकार महासंघ गण्डकी प्रदेश निर्वाचन समिति अनुसार अध्यक्षमा दीपेन्द्र श्रेष्ठ, नारायणप्रसाद शर्मा, मोहनकुमार विष्ट (आरजु) र एलपि बञ्जरा (लोकनाथ) को उम्मेदवारी परेको छ ।

नेपाल प्रेस युनियन, प्रेस सेन्टर, प्रेस चौतारी नेपाल लगायत संगठनले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन् । संयुक्त गठबन्धनतर्फबाट अध्यक्षमा नारायणप्रसाद शर्माले उम्मेदवारी दिएका हुन् । हाल प्रदेश उपाध्यक्ष शर्मा समूहबाट उपाध्यक्ष (खुला) मा दीपक भट्टराई, उपाध्यक्ष (महिला) सोनी शर्मा, महासचिव गोविन्दप्रसाद सुवेदी, सचिव यदुनाथ बञ्जरा, सचिव (समावेशी) सुशीलबाबु श्रेष्ठ र कोषाध्यक्षमा राजेन्द्र न्यौपानेले उम्मेदवारी दर्ता गरेका छन् ।

उम्मेदवारको अन्तिम नामावली शुक्रबार साँझ ६ बजे प्रकाशित हुनेछ

प्रगतिशील–व्यावसायिक–समावेशी–राष्ट्रवादी समूहतर्फबाट दीपेन्द्र श्रेष्ठले अध्यक्षमा उम्मेदवारी दिएका छन् । प्रेस चौतारी नेपाल, प्रेस मञ्च नेपाल, जनपत्रकार संगठन नेपाल र मिडिया नेपालको समर्थनमा श्रेष्ठले मनोनयन दर्ता गराएका हुन् उनी हाल पत्रकार महासंघ कास्की अध्यक्ष छन् । सो समूहबाट खुला उपाध्यक्षमा इन्द्रप्रसाद पौडेल, उपाध्यक्ष (महिला) मा शान्ति गुरुङ, महासचिव दिल शिरीष, सचिव प्रकाशचन्द्र भट्टराई, सचिव (समावेशी) रुद्र शिरीष मगर र कोषाध्यक्षमा शालिकराम कोइरालाले उम्मेदवारी दर्ता गरेका छन् ।
अध्यक्ष पदमै मोहनकुमार विष्ट (आरजु) र प्रेस सेन्टरका एलपि बञ्जाराले उम्मेदवारी दर्ता गराएका छन् । प्रेस सेन्टरकै माधवप्रसाद पनेरुले उपाध्यक्ष र प्रेस युनियनका ऋषिकान्त पौडेलले सचिवमा उम्मेदवारी दर्ता गराएका छन् । कोषाध्यक्षमा सागरराज तिमिल्सिनाको स्वतन्त्र उम्मेदवारी परेको छ ।

५ खुला सदस्यका लागि १३ जनाको उम्मेदवारी परेको छ । संयुक्त गठबन्धनबाट सुनिल पाण्डे, थमन थापा, प्रकाश डोटेल, प्रदीप पौडेल र परशुराम शर्मा आचार्यले उम्मेदवारी दिएका हुन् ।

यस्तै, प्रगतिशील गठबन्धनबाट कृष्ण कँडेल, भीमपाणि बराल, माधवप्रसाद अधिकारी, माधव पराजुली र सूर्यप्रसाद बास्तोलाले उम्मेदवारी दिएका छन् भने रमेश बस्ताकोटी, लोकेन्द्रबहादुर सुनार र ताराप्रसाद शर्माको स्वतन्त्र उम्मेवारी हो ।

३ महिला सदस्यमा प्रगतिशील गठबन्धनबाट स्मीता अधिकारी र कविता श्रेष्ठ तथा संयुक्त गठबन्धनबाट रञ्जिता शर्मा, राधिका शर्मा कँडेल र रोशनी गुरुङले उम्मेदवारी दिए । दलित सदस्यमा रविना बोहराको प्रगतिशीलबाट र सानेबहादुर नेपाली (कोइराला) को संयुक्त गठबन्धन उम्मेदवारी परेको छ ।

सदस्य (आदिवासी जनजाति) तर्फ जनक श्रेष्ठ र बिनाकुमारी थापा (बिनु) ले प्रगतिशील समूहबाट ताथ रामजी राना र रुद्रबहादुर थापाले संयुक्त गठबन्धनबाट उम्मेदवारी दिएका छन् ।
यस्तै, सदस्य (अल्पसंख्यक) मा १ जनाको लागि पदम छन्त्यालले संयुक्त गठबन्धनबाट र श्रीकान्त सापकोटाले प्रगतिशील समूहबाट उम्मेदवारी दर्ता गराएका छन् । गण्डकी प्रदेशबाट मधेशी २ सदस्यमा भने कसैको उम्मेदवारी परेन ।

उम्मेदवारको प्रकाशित नामावली उपर दावी विरोध चैत २० गते बिहान साढे १२ बजेसम्म तोकिएको निर्वाचन समिति संयोजक कोमलनाथ बरालले बताए । उम्मेदवारी फिर्ता शुक्रबार ४ बजेसम्म र अन्तिम नामावली साँझ ६ बजे प्रकाशन गरिने छ ।

संघ, प्रदेश र जिल्लाको मतदान चैत २५ गते एकै दिन हुनेछ । जिल्लाको चुनावका लागि भने २२ गते मनोनय दर्ता हुने छ ।

गण्डकी प्रदेशको चुनावका लागि पत्रकार कोमलनाथ बरालको संयोजकत्वमा निर्वाचन समिति बनाएको छ । समितिमा अधिवक्ताद्वय नारायणप्रसाद पौडेल र जुनाकुमारी गुरुङ, रवीन्द्र बास्तोला, पुण्य पौडेल छन् । जिल्लाका निर्वाचनाका लागि अलग्गै समिति गठन भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width