Worldlink ads

गण्डकीमा एमालेको समानान्तर कमिटी, सुरेन्द्र पाण्डे संयाेजक

एमालेबाट ओलीलाई हटाएर नयाँ केन्द्रीय कमिटी बनाउने चेतावनी

आदर्श समाज सम्वाददाता
चैत्र १९, २०७७
nepal vela (3)

पोखरा । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई कारबाही गरेपछि प्रदेश र जिल्ला तहमा समानान्तर समिति गठन तीब्र पारिएको छ । नेकपा एमालेको माधव नेपाल पक्षले विहीबारमात्रै पार्टी सदस्यबाट निलम्बनमा परेका नेता सुरेन्द्र पाण्डेलाई गण्डकी प्रदेशको संयोजक बनाएको छ । पोखरामा माधव नेपालको उपस्थितिमा भएको भेलाले पाण्डेलाई गण्डकी संयोजक बनाएको हो । भेलाले गण्डकी प्रदेशका सबै जिल्लामा समानान्तर कमिटी गठन गरेको छ ।
कास्कीमा धनराज आचार्य, स्याङ्जामा रामचन्द्र भट्टराई, म्याग्दीमा बालकृष्ण सुवेदी, बागलुङमा इन्द्रलाल सापकोटा, पर्वतमा भक्त कुँवर, तनहुमा शंकरनारायण श्रेष्ठ अध्यक्ष चयन भएका छन् । प्रदेश कमिटीको सहसंयोजकमा तुलबहादुर गुरुङ र श्रीमाया थकाली चयन भएका छन् ।

कास्कीमा धनराज आचार्यको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो । सचिवमा होमबहादुर नेपाली छन् । आचार्य पृथ्वीनारायण क्याम्पस स्ववियु पूर्व सभापति हुन् । हाल उनी रवीन्द्र स्मृति फाउन्डेसनका अध्यक्ष छन् । नेपाली जिल्ला कमिटी सदस्य तथा पृथ्वीनारायण क्याम्पस स्ववियू पूर्व कोषाध्यक्ष हुन् ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपालको उपस्थितिमा समानान्तर कमिटी घोषणा गरिएको हो । भेलामा नेता सुरेन्द्र पाण्डे पनि सहभागी थिए । गोरखामा यसअघि नै छुट्टै कार्यालय बनाइएको छ ।

साइबर स्याललाई चुनौती दिने हन्ड्रेड ग्रुप
कमिटी घोषणापछि वरिष्ठ नेता नेपालले एमालेबाट ओलीलाई हटाएर नयाँ केन्द्रीय कमिटी बनाउने चेतावनी दिएका छन् । ‘युवा जागेका छन् । उनीहरु हामीतिर आकर्षित भइरहेका छन् । साइबर स्याललाई चुनौती दिने हन्ड्रेड ग्रुप बनेको छ,’ उनले भने, ‘अनेम संघ, युवा संघले कार्यालय खोजिरहेका छन् । प्रतिस्पर्धा चलिरहेको छ । केन्द्रको पनि छुट्टै घोषणा गर्दैछौं । निर्वाचन कमिटी, सल्लाहकार कमिटी, ज्येष्ठ कम्युनिष्ट मञ्च, बुद्धिजीवी, जनवर्गीय कमिटी घोषणा हुने छन् ।’

उनले छिट्टै पार्टीको नयाँ दस्तावेज छापेर पठाउने र सोही अनुसार चल्न पार्टी पंक्तिलाई आग्रह गरे । ‘दस्तावेज छापेर पठाउँछौं । केपी ओली गुटलाई परास्त गर्न त्यो हतियार बन्ने छ,’ उनले भने, ‘ओलीले सोधेको स्पष्टीकरणको अर्को पुस्तिका पनि प्रकाशन गर्ने छौं । त्यो पनि तपाईंहरुको हातमा आइपुग्छ ।’ आफूहरुले मिठो बोल्दा पनि ओलीलाई तितो लागेको भन्दै ‘बा’ भन्न नसक्ने दोहो¥याए । ‘केपी ओलीको सुइरोले हामीलाई नपोल्ने, हाम्रो सुइरोले उनलाई पोल्ने ? हामीले पोल्ने गरी भनेका छैनौं, मिठो गरी भनेका छौं तर तितो लाग्छ,’ उनले थपे, ‘उनी बा भनेको सुन्न चाहन्छन् । हामी बा भन्नेवाला छैनौं । सुध्रिए भने कमरेड भनौंला । नत्र सिर्फ केपी ओली भन्छौं ।’

उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सुन्ने र देख्ने गरी गतिविधि गर्ने चेतावनी दिएका छन् । नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री ओलीले उटपट्याङ कुरा गरेर भ्रम फैलाएको आरोप लगाएका छन् । उनले ओली २ सय वर्षपछि हुने कामलाई अहिले नै भ्रमको रुपमा फैलाउने गफाडी भएको आरोप समेत लगाए ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    trending post

    ट्रेन्डिङ्ग