रघुगंगा अध्यक्ष भण्डारीलाई मातृशोक

Avatar आदर्श समाज सम्वाददाता
चैत्र १९, २०७७
nainakali vandari

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी र नेपाली कांग्रेस म्याग्दीका जिल्ला कार्यसमिति सदस्य केबी भण्डारीलाई मातृशोक परेको छ । भण्डारीकी आमा नैनकली भण्डारीको ८६ वर्षको उमेरमा निधन भएको हो ।

मंगलबार १० बजे भगवतीस्थित आफ्नै निवासमा उनको निधन भएको हो । जिल्लाको रघुगंगा २ भगवतीकी नैनकलीले राज्यले प्रदान गर्ने ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गरेकी थिइन् । उनका ४ छोरा र ३ छोरी छन् । दिवंगत भण्डारीको बुधबार रघुगंगा ३ स्थित कालीगण्डकी नदी तिल्केनीचौर घाटमा अन्तिम संस्कार गरिएको छ ।

भण्डारीको निधनप्रति नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले दुख व्यक्त गरेका छन् । उनले दिवंगतप्रति श्रद्घाञ्जली र शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads