लेखनाथ । कास्कीको लेखनाथमा चैत १२ गतेदेखि सुरु भएको प्रथम खास्टे ताल महोत्सव सातौं दिनसम्म आइपुग्दा दर्शकको सहभागिता उल्लेखनीय रहेको छ । कोरोना संक्रमण खतरालाई मध्यनजर गरी स्वास्थ्य सतर्कता अपनाउँदै मेला सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
खास्टे र न्युरेनी तालको प्राकृति स्रोत र साधनको संरक्षणमा टेवा पुर्याउने उद्देश्यले खास्टे तथा न्यूरेनीताल संरक्षण समितिको आयोजनामा भएको महोत्समा सोचे अनुसारकै दर्शकको सहभागिता रहेको महोत्सव आयोजक मूल समिति संयोजक हरिप्रसाद अधिकारीले बताए ।
महोत्सवमा रत्यौली गीत प्रतियोगिता, राष्ट्रिय स्तरका कलाकारको दोहोरी प्रस्तुति, हाँस्य प्रहसन तथा साँझ युवा दर्शक लागि पप कन्सर्ट राखिएकाले सबै खाले दर्शकको सहभागिता रहेको स्टेज संयोजक शिवहरि ढुंगानाको दाबी छ ।
रमाइलो र आवश्यक घरायसी वस्तुको उपलब्धता दुबै हुँदा महोत्सवले दर्शकको मन जित्न सफल भएको आयोजक संस्थाका सचिव ईश्वरीप्रसाद अधिकारीको भनाइ छ ।
चैत २२ गतेसम्म चल्ने महोत्सवमा वातावरणले पनि साथ दिएको र विद्यालय पनि बन्द रहेकाले युवा युवतीदेखि स्कुले विद्यार्थीको सहभागिता दैनिक रुपमा हुँदै आएको प्रचार प्रसार उपसमितिका संयोजक ईश्वरराज भण्डारीले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
भुक देउराली होमस्टेमा सचेतना
खास्टेताल महोत्सवमा २ करोडको कारोबार
अमलटारीको ‘सिग्नेचर’ अनदीको ‘चिचर’
कसरी हुन्छ पोखराको पर्यटनको ब्रान्डिङ ?
कसरी हुन्छ पोखराको पर्यटनको ब्रान्डिङ ?
hero news full width
मुख्य समाचार
संक्रमण बढी भएका स्थानमा ३ साता शैक्षिक संस्था बन्द गर्न सिफारिस
सभापतिबाहेक अरु पदमा उठ्दिनँ : डा शेखर कोइराला
चैत्र २८, २०७७आहारारा गोल्ड कप संकटालाई
चैत्र २८, २०७७पत्रकार महासंघमा विपुल पोखरेल प्यानल विजयी
चैत्र २८, २०७७कृषिमा छैनन् दरबन्दी अनुसार कर्मचारी
चैत्र २८, २०७७आहाराराले पाउनेछ नयाँ विजेता
चैत्र २८, २०७७