बागलुङ दर्लिङमा मारिएका युवाकाे ४ दिनपछि अन्त्येष्टि

आदर्श समाज सम्वाददाता
चैत्र १८, २०७७
baglung death

पाेखरा । होली खेल्ने क्रममा भएको सामूहिक झडपमा ज्यान गुमाएका २ जनाको बुधबार अन्त्येष्टि गरिएको छ ।

होली खेल्ने क्रममा सामूहिक झडप पश्चात ज्यान गुमाएका दुवैको शव बुधबार अन्त्येष्टि गरिएको छ । दर्लिङ घटनामा ज्यान गुमाएका प्रकाश कुँवर र दीपक परियारको अन्त्येष्टि गरिएको हो ।

उनीहरुको शव सोमबार बुर्तिबाङ पोष्टर्माटका लागि लगिएको थियो । पोस्टमार्टम भए पनि घटनामा संलग्न दोषीलाई पक्राउ नगर्दा सम्म परिवार शव बुझ्न मानेका थिएनन् । बुधबार प्रहरीले घटनामा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरेपछि बल्ल परिवारले शव बुझेका हुन् ।

दर्लिङ खोलामा कुँवर र परिवारको दाहसंस्कार गरिएको छ । जिल्ला सभापति दीपेन्द्रबहादुर थापा, क्षेत्रीय सभापति दोर्ण कुँवर लगायत नेता कार्यकर्ताले अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

याे पनि

बागलुङ हत्या कान्ड : घटनामा संलग्न रहेको आरोपमा ६ पक्राउ

Related News

सम्बन्धित समाचार

hero news full width