पोखरा, १८ चैत । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने पाँचौं पोखरा स्पोर्टस् अवार्ड–२०७६/०७७ मा प्रदान गरिने उत्कृष्ट खेलकुद पत्रकार पुरस्कारको प्रायोजन सम्झौता भएको छ ।
पोखरा–१० रामबजार निवासी स्व. सेनानी हेमबहादुर पुनको स्मृतिमा उनको परिवारजनले पुरस्कार वापत ३५ हजार रुपैयाँ प्रायोजन गरेका हुन् । सो सम्बन्धी सम्झौतापत्र बुधबार मञ्च अध्यक्ष एकराज गिरी र उमेश पुनबीच आदानप्रदान भएको छ ।
मञ्चका कार्यसमिति सदस्य समेत रहेका उमेश पुन स्व. सेनानी हेमबहादुरका नाति हुन् । पुन परिवारले स्पोर्टस् अवार्डमा हरेक वर्ष लगातार सहयोग गर्दै आएको छ ।
यस्तै, लाइफ टाइम अचिभमेन्ट अवार्डलाई पोखरा लेकसिटीका निर्देशक डा. विष्णु नेपालीले ४० हजार र माई होटल लेकसाइडतर्फबाट प्रबन्ध निर्देशक तोरणबहादुर बानियाँले उत्कृष्ट उदियमान खेलाडीलाई प्रदान गरिने ३५ हजार रुपैयाँ प्रायोजन गरिसकेका छन् ।
गण्डकी प्रदेशकै गौरव पोखरा स्पोर्टस् अवार्डमा यसपालि विभिन्न ७ विधामा अवार्ड प्रदान गरिनेछ । मञ्चले २०७८ वैशाख २० मा पोखरा सभागृहमा गण्डकी प्रदेशस्तरको प्रतिनिधित्व हुने गरी ती विधामा अवार्ड प्रदान गर्नेछ ।
जसमा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ, उत्कृष्ट खेल पत्रकारिता अवार्डमा नगदसहित अवार्ड वितरण गर्नेछ । तीमध्ये उत्कृष्ट खेल पत्रकारिता अवार्ड यसपालि २ पत्रकारले ३५/३५ हजार नगद सहित अवार्ड प्राप्त गर्ने छन् ।
Related News
सम्बन्धित समाचार
पोखरा स्पार्टस् अवार्डमा वर्ष उत्कृष्ट खेलाडी को ?
गण्डकी प्रदेश खेलकुद परिषदले पायो पूर्णता, उपाध्यक्षमा नारायण पुन
नाम चम्काउँदै नवीन
त्रिकोणात्मक टी–२० सिरिज : नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालको सानदार जित
भलिबल उपाधि शान्त र जनप्रियलाई
hero news full width
मुख्य समाचार
किलर माउन्टेनमा एकै दिन ६७ आरोही
गिर्ला कि टिक्ला गण्डकीमा गुरुङ सरकार ?
वैशाख ७, २०७८मनकामनाजस्तै स्याङ्जा राम्चेकी शीतलादेवी
वैशाख ७, २०७८द्वन्द्वपीडित भन्छन् : कति सुनाउने पीडाका कथा
वैशाख ७, २०७८बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सिफ्टमा काम लगाउन निर्देशन
वैशाख ६, २०७८पोखरामा कोरोना संक्रमितको मृत्यु
वैशाख ६, २०७८