काठमाडौं । पाहुना टिम बंगलादेशलाई २–१ गोलले हराउँदै उपाधि जितेको नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले पुरस्कृत गर्ने भएको छ।
एन्फाले मंगलबार विज्ञप्ति जारी गर्दै खेलाडीलाई पुरस्कृत गर्ने घोषणा गरेको हो।
‘प्रतियोगितामा विजयी राष्ट्रिय टिमका खेलाडीलाई प्रथम पुरस्कारबापत प्राप्त हुने पाँच हजार डलर वितरण गरिने र सबै खेलाडीलाई जनही एक लाख पुरस्कार स्वरुप एन्फाले प्रदान गर्नेछ,’ जारी विज्ञप्तिमा भनिएको छ।
एन्फाले गत चैत १० देखि १६ गतेसम्म नेपालमा नेपाल–बंगलादेश–कीर्गिस्तान सम्मिलित थ्री नेसन्स कप आयोजना गरेको थियो। सो प्रतियोगिताको शीर्ष दुईमा रहँदै फाइनल पुगेको नेपालले बंगलादेशविरुद्ध जित निकालेको थियो।
यो जितसँगै नेपालले अन्तराष्ट्रिय फुटबलमा ३७ वर्षपछि घरेलु मैदानमा जित निकालेको छ।
Related News
सम्बन्धित समाचार
तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि
लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन
वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल
ढोलाहिटीलाई फुटबल उपाधि
बुद्ध विशालको फुटसल प्रतियोगिता
hero news full width
मुख्य समाचार
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१