म्यानमारमा मानव अधिकारको सम्मान गर्न आग्रह गर्दै अधिकारकर्मीको प्रदर्शन

आदर्श समाज सम्वाददाता
चैत्र १७, २०७७
processed

पोखरा । म्यानमारमा भएको सैनिक कु विरुद्ध प्रजातान्त्रिक व्यवस्थाको पुनर्वहानीय र मानव अधिकार रक्षाको लागि आह्वान गर्दै पोखरामा शान्तिका लागि नागरिक समाजको सञ्जालको आयोजनामा मंगलबार प्रर्दशन गरिएको छ ।

सञ्जालमा आवद्ध रहेका विभिन्न नागरिक संघ संगठनले पोखरास्थित सहिद चोकमा दिउँसो प्ले कार्ड सहित प्रर्दशन गरेका थिए । कार्यक्रममा बोल्दै शान्तिका लागि नागरिक समाजको सञ्जाल संयोजक विष्णु वरालले मानवअधिकारको सामान्य मूल्य मान्यतालाई समेत ख्याल नगरी जनतामाथी गरिएको दमन विरुद्ध अन्तर्राष्ट्रिय रुपमा आवाज उठ्नुपर्ने बताए ।

एमनेस्टी इन्टरनेसनलका गण्डकी संयोजक रमेशप्रसाद बरालले म्यानमारमा भएको सैनिक दमन विरुद्ध म्यानमारी नागरिकको मानवअधिकारका पक्षमा सबैले आवाज उठाउनु पर्ने विचार व्यक्त गरे ।

महिला मानवअधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष इन्द्रकुमारी शर्माले सैनिकबाट जनतामाथि गरिएको दमन कुनै पनि हिसाबले स्वीकार गर्न नसकिने बताइन् ।

इन्सेक गण्डकी संयोजक शिव खकुरेलले म्यानमारमा भएको सैनिक कु का विरुद्ध प्रजातन्त्रको पुनस्र्थापना र मानवअधिकार रक्षाको लागि सबै एकतावद्ध हुन आग्रह गरे ।

म्यानमारमा प्रजातन्त्रको पुनस्र्थापना गर, मानवअधिकारको सम्मान गर, नरसंहार बन्द गर, मानवअधिकारको रक्षा गर जस्ता नारा लेखिएका प्ले कार्डसहित शान्तिका लागि नागरिक समाजमा आवद्ध इन्सेक, कोपिला नेपाल, चिल्ड्रेन नेपाल, महिला मानवअधिकार रक्षक सञ्जाल, इमनेस्टी इन्टरनेसनल, गोनेसा, सिविन र गैरसरकारी संस्था महासंघ कास्कीलगायत विभिन्न संस्थाको प्रर्दशनमा सहभागिता थियाे ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width