भाेजपुर : भोजपुरको पिखुवाखोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा एक युवकको ज्यान गएको छ ।
करेन्ट लगाएर माछा मार्ने क्रममा पिखुवा हाइड्राेपावरमा काम गर्ने मजुदर महेन्द्रनगरका ३४ वर्षीय रामबहादुर आलेमगरको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णकुमार चन्दले जानकारी दिए ।
उनले भने, “माछा मार्ने क्रममा पिखुवाखोलामा एक जना ढलेको भन्ने हामीलाई जानकारी आएपछि प्रहरी टोलीसहित म आफैँ घटनास्थलमा पुगेँ । त्यहाँ पुग्दा तार समातेको अवस्था शव फेला पर्यो । नजिकै उनले मारेको माछा र ढडियासमेत पनि फेला परेको छ । घटनाको प्रकृति हेर्दा करेन्ट लागेर ज्यान गएको देखिन्छ । शव परीक्षण रिपोर्टपछि थप अनुसन्धान हुन्छ ।”
मगर हातमा तार पक्रिरहेको अवस्थामा मृत फेला परेको उनको भनाइ छ । स्थानीयले माछा मार्ने क्रममा मानिस खोलामा ढलेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
उनको औँलाको कापमा करेन्टले पोलेको डामसमेत रहेको प्रहरीको भनाइ छ । आवश्यक प्रक्रिया पूरा गरी शव परीक्षणका लागि जिल्ला अस्पताल भोजपुरमा राखिएको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
कालीगण्डकीमा बेपत्ता बौदीकाली २ दिदीबहिनीको शव फेला
सेतीको खोंचबाट सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो युवकको शव
अछाममा आगलागी हुँदा २ नाबालकको मृत्यु
चट्याङ लागेर पर्वतमा दुई जनाको मृत्यु
फेवामा बाेटिङ गर्दागर्दै हावाहुरीले दुर्घटना, सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार
hero news full width
मुख्य समाचार
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१