पोखरा । महिला उद्यमी संघ नेपाल, कास्कीको अध्यक्षमा पार्वती पौडेल रेग्मी सर्वसम्मत चयन भएकी छन् ।
सोमबार सम्पन्न संघको छैटौं वार्षिक साधारणसभा तथा चौथो जिल्ला अधिवेशनबाट अध्यक्षमा रेग्मी चयन भएकी हुन् ।
त्यसैगरी, प्रथम उपाध्यक्षमा प्रतिभा गैरे, द्वितीय उपाध्यक्षमा शारदा बराल “सरु”, महासचिवमा एलिना बराल र कोषाध्यक्षमा चन्द्रा शर्मा चयन भए । अरु सबै पदमा सर्वसम्मत भएपनि कोषाध्यक्ष पदमा भने निर्वाचन भएको थियो । कोषाध्यक्षमा निर्वाचित चन्द्रा शर्माले १८ मत ल्याउँदा गोमा आचार्यले ८ मतमा चित्त बुझाइन् ।
त्यस्तै, दुई जना सदस्यमा मीना प्रधान र बालकुमारी गुरुङ चयन भए । ९सदस्यीय कार्यसमितिको बाँकी २ सदस्य पछि मनोनित गरिने संघका प्रावधान छ । संघ सल्लाहकारद्वय सीता गुरुङ संयोजक र कुलदेवी बराल सदस्य रहेको निर्वाचन समितिले निर्वाचन गराएको हो ।
यसअघि, अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङले महिलाहरूलाई आत्मनिर्भर बनाउन र उद्यमशील बनाउन आफ्नो नेतृत्वमा महिला उद्यमी संघ कास्कीको स्थापना गरेको बताइन् । महिलाहरू आर्थिक रुपमा आत्मनिर्भर बन्नुपर्ने बताउँदै प्रदेशसभा सदस्य गुरुङले उत्पादनमा अनिवार्य जोडिनुपर्ने उल्लेख गरिन् । साथै, उनले अब हरेक क्षेत्रमा महिलाको ५० प्रतिशत सहभागिता गराउनुपर्ने आवश्यकता समेत औंल्याइन् ।
संघकी सल्लाहकार कुलदेवी बराल, सीता गुरुङ, नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेश महिला उद्यम विकास समितिकी संयोजक रामकली खड्का, पोखरा उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य शोभा गौतम रसम्पूर्ण वडा इकाईहरूको तर्फबाट मीना प्रधानले महिला सशक्तिकरण र उद्यमशीलताका बारेमा बोलेका थिए ।
निवर्तमान अध्यक्ष काशी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव प्रतिभा गैरे र प्रथम उपाध्यक्ष पार्वती पौडेल रेग्मीले स्वागत गरेका थिए । अधिवेशनले महासचिव प्रतिभा गैरेद्वारा प्रस्तुत प्रगति प्रतिवेदन र कोषाध्यक्ष शारदा बराल “सरु”द्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।
कार्यक्रममा महिला उद्यमी संघ, कास्कीलाई विभिन्न क्षेत्रमा योगदान दिने व्यक्ति तथा संघसंस्थालाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेहरूमा मिलन फाउण्डेशन नेपालका संरक्षक दुर्गा गुरुङ “मिलन”, रेडियो नेपाल, प्रादेशिक प्रसारण केन्द्र, पोखराकी वरिष्ठ समाचार सम्पादक शान्ति गुरुङ, नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका सचिव रूद्रबहादुर श्रीस, गोर्खाली रेडियोकी स्टेशन म्यानेजर खिमा गुरुङ, गोर्खा एण्ड बराह ज्वेलर्सका हरि धमला, संघका सल्लाहकारद्वय सीता गुरुङ र कुलदेवी बराल, एभरेष्ट इन्स्टिच्युटका महेश श्रेष्ठ, फोटो पत्रकार मणि गुरुङ, माया गुरुङ, बाबुराम रेग्मी, ठाकुरप्रसाद बराल, सुवास पौडेल र देवी सेन छन् ।
Related News
सम्बन्धित समाचार
ग्रीन डेभलपमेन्टको साधारणसभा, लाभांश पारित
बोर्डिङ पास देखाए बियर सित्तैमा
सिद्धार्थको आयमूलक तालिम
लेउवा संघले दियो सदस्य परिवारलाई राहत
मुक्तिनाथको डिबेन्चर बिक्री प्रबन्धकमा सानिमा
hero news full width
मुख्य समाचार
गुरुङ सरकार ढाल्न ३ दलको जोडतोड : जनमोर्चाको ग्रीन सिग्नल कुर्दै
संक्रमण बढी भएका स्थानमा ३ साता शैक्षिक संस्था बन्द गर्न सिफारिस
चैत्र २८, २०७७सभापतिबाहेक अरु पदमा उठ्दिनँ : डा शेखर कोइराला
चैत्र २८, २०७७आहारारा गोल्ड कप संकटालाई
चैत्र २८, २०७७पत्रकार महासंघमा विपुल पोखरेल प्यानल विजयी
चैत्र २८, २०७७कृषिमा छैनन् दरबन्दी अनुसार कर्मचारी
चैत्र २८, २०७७