अन्नपूर्णकाे दमदमेमा १ घर १ धारा

Avatar आदर्श समाज सम्वाददाता
चैत्र १७, २०७७
damdame

हेमजा । अन्नपूर्ण गाउँपालिका ३ दमदमेमा १ घर १ धारा निर्माण गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोग तथा स्थानीय जनसहभागितामा त्यहाँका कुल ४२ घरपरिवारमा धारा निर्माण गरिएको हो । गाउँपालिका अध्यक्ष युवराज कुँवरले धारा तथा क्रियाकर्म भवनको उद्घाटन गरे ।

गाउँपालिका अध्यक्ष कुँवरले पालिकावासीको दुख सुखमा गाउँपालिका सँगै रहेको भन्दै दमदमे पत्थर टोलले उदाहरणीय कार्य गरेको बताए ।

प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले एकतामा नै शक्ति हुने भन्दै त्यसको उदाहरण दमदमे पत्थर टोलले प्रस्तुत गरेको उल्लेख गरे ।

अन्नपूर्ण ३ का अध्यक्ष चन्द्रबहादुर गुरुङ, प्राविधिकद्वय पुण्यप्रसाद लामिछाने र हिमलाल दाहाल, वडा सदस्य रामजीप्रसाद पौडेल, कृषि समूहका अध्यक्ष नवीन गिरी, पत्थर मराउँचे काँडे ग्रामीण सडकका अध्यक्ष कृष्णप्रसाद अधिकारी, टोल संयोजक देव गिरी, खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष समुन्द्र गिरी, टोल सचिव विष्णुप्रसाद पौडेल लगायतले बोलेका थिए ।

खानेपानी योजनाका लागि १० लाख र क्रियाकर्म भवन बनाउँदा २ लाख खर्च भएको कोषाध्यक्ष डिल्लीराम पौडेलले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

    • पर्वतका आगलागी पीडितलाई मन्त्रीले बाँडे राहत

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २९, २०७७
      पर्वत । पर्वतको पैयुँ गाउँपालिका–६ सरौंखोलास्थित डाँडाकाहुँका आगलागी पीडितलाई राहत वितरण गरिएको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा…
    • सामुदायिक वनमा भीषण आगलागी

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २४, २०७७
      दमाैली । तनहुँको शुक्लागण्डकी नगरपालिका– १२ का विभिन्न सामुदायिक वनमा भीषण आगलागी भएको छ । केही दिनदेखि उक्त वडाका सामुदायिक…
    • रेडियो अन्नपूर्णको कार्यक्रममा २ सय ४३ युनिट रगत संकलन

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २१, २०७७
      पोखरा । रेडियो अन्नपूर्णको १९ औं वृहत रक्तदान कार्यक्रममा २४३ युनिट संकलन भएको छ । शनिबार रेडियोकै प्रांगणमा गरिएको कार्यक्रममा…
    • ‘मलाई गणना गर : मलाई समावेश गर’

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २०, २०७७
      पोखरा। राष्ट्रिय अपांग महासंघ नेपाल, गण्डकीको आयोजनामा प्रदेशमा अपांगता समावेशी जनगणनाको लागि अभियान सुरु भएको छ । ‘मलाई गणना गर :…
    • अस्तव्यस्त डुम्रे बजार, नियन्त्रण गर्ने कसले ?

      सविन लामिछाने सविन लामिछाने चैत्र २०, २०७७
      दमौली । पहाडकी रानी बन्दीपुर, त्यही सुन्दर ठाउँ जान पुग्नुपर्ने ठाउँ हो पृथ्वी राजमार्गस्थित डुम्रे बजार । बजार क्षेत्रका फुटपाथमा सामान…

    hero news full width

    sanil ads

    wordlink ads