सहचालक कालीगण्डकीमा फाल्ने चालक पक्राउ

आदर्श समाज सम्वाददाता
चैत्र १७, २०७७
crime

वालिङ । घाइते सहचालकलाई कालीगण्डकी नदीमा फाल्ने चालकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

ट्रयाक्टर चालक गल्याङ ८ बग्रागीका अमीत परियारलाई प्रहरीले पक्राउ गरेको हो । उनले ट्र्याक्टरबाट खसेर घाइते भएका १९ वर्षीय सहचालक गणेश गाहालाई कालीगण्डकी नदीमा फालेको स्याङ्जा प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए ।

चैत ५ गते राति ८ बजे गल्याङ ९ स्थित कालीगण्डकी नदीको साँखरघाटबाट बालुवा लिएर आउँदै गरेको ट्रयाक्टरमा ३ जना थिए । ती मध्ये १ जना खसे । सोही ट्रयाक्टरले किचेर घाइते भएका सहचालक रानालाई चालक परियारले कालीगण्डकीमा लगेर बगाइदिएका थिए ।

घटनाका प्रमुख प्रतिवादी ट्रयाक्टर चालक परियार श्रीमती र छोरीसहित भारततर्फ भाग्न लागेको अवस्थामा वडा प्रहरी कार्यालय वालिङले रुपन्देहीको बेलहिया नाकाबाट शुक्रबार पक्राउ गरेको थियो ।

पक्राउ परेका चालक परियारलाई सोमबार नै अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता अधिकारीले बताए ।

सोही घटना संलग्न ट्रयाक्टरका अर्का सहचालक गल्याङ ८ बंग्रातीका २१ वर्षीय सुनील राना चैत ८ गते पक्राउ परे । घटनास्थलबाट प्रहरीले मृतकको १ जोर चप्पल तथा रगत लागेका ढुंगासहित अस्थायी नम्बर प्लेट लु अ अ फ १०१२ ट्रयाक्टर नियन्त्रणमा लिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width