काठमाडौं । नेकपा एमालेले नेता माधवकुमार नेपाल र भीम रावललाई ६ महिना निलम्बन गरेको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार दुवै नेतालाई अध्यक्ष केपी शर्मा ओलीले निलम्बन गरेका हुन् ।
“यस्तै गतिविधिहरु कायम रहेमा तपाईंलाई जुनसुकै बेला पनि थप कडा कारवाही गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ सचेत गराउँदै, यस्ता पार्टी विरोधी गतिविधि बन्द गर्न र सही बाटोमा फर्किने मौका दिन एकै पटक कडा कारवाही गर्नुभन्दा हाललाई पार्टीको दशौं महाधिवेशन आयोजक कमिटी सदस्य र पार्टीका अन्य सबै जिम्मेवारीहरु तथा पार्टी सदस्यताबाटै पार्टीको विधान २०४९ (संशोधन २०७१समेत)को धारा ४९ (ख) बमोजिम हाललाई ६ (छ) महिनाको लागि निलम्बन गरिएको छ,” नेता नेपाललाई पठाइएको पत्रमा भनिएको छ ।
उनलाई पठाइएको पत्रमा सच्चिनको लागि अन्तिम मौका भएको पनि चेतावनी दिइएको छ ।
यो बीचमा पनि पार्टी गतिविधि कायमै राखेमा निलम्बनको अवधि बीचमा नै थप कारवाही गर्न सकिने चेतावनी दिइएको छ ।
Related News
सम्बन्धित समाचार
शिव शक्तिमा नवआगन्तुक विद्यार्थीको स्वागत, विद्यार्थीलाई रोजगार सुनिश्चित
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
सरस्वती आदर्श विद्याश्रमको ३३ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
hero news full width
मुख्य समाचार
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१