अनलाइन पत्रकार संघमा पदस्थापन

आदर्श समाज सम्वाददाता
चैत्र १४, २०७७
online patrakar sangh gandaki

पोखरा । अनलाइन पत्रकार संघ गण्डकीको प्रथम अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको शनिबार पदस्थापन भएको छ ।

गत फागुन २८ मा भएको अधिवेशनबाट कमल सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत् चयन भएको थियो । संघ उपाध्यक्षमा सरिता तिमिल्सिना, सचिव सन्तोष बस्याल, कोषाध्यक्ष अनिता घिमिरे तथा सदस्य सुरज थापा, शिव न्यौपाने, जैनव खातुन, अर्जुन थापा र राजु गिरी छन् ।

पदभार गह्रण गर्दै संघ अध्यक्ष सुवेदीले अनलाइन सञ्चारमाध्यममा देखिएका समस्यालाई हटाउँदै थप व्यवस्थित बनाउने प्रतिवद्धता व्यक्त गरे ।

संघका सल्लाहकार रामजीप्रसाद लम्सालले अनलाइन सञ्चारमाध्यममा देखिएका समस्याको समाधानमा एकद्वार प्रणाली आवश्यक रहेको बताए ।

निर्वाचन समिति संयोजक केशव पाठकले संघलाई अझ क्रियाशील बनाउँदै अनलाइन सञ्चारमाध्यममा काम गरिरहेका पत्रकारलाई तालिम तथा प्रशिक्षण दिनुपर्ने औल्याए ।

निर्वाचन समिति सदस्य प्रकाश ढकालले नवनिर्वाचित टिमलाई सफलताको शुभकामना दिए ।

यसैबीच, संघको पहिलो बैठकले सल्लाहकार चयन गरेको छ । सल्लाहकारमा गणेश बराल, केशव पाठक, रामजीप्रसाद लम्साल, प्रकाश ढकाल, दीनानाथ बराल, सागरराज तिमिल्सिना, पत्रकार महासंघ गण्डकी प्रदेश र कास्की शाखा छन् । बैठकले संघको नयाँ सदस्यता समेत खुलाउने निर्णय गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width