ट्याक्टरबाट खसेर युवकको मृत्यु

Avatar आदर्श समाज सम्वाददाता
चैत्र १४, २०७७
Corona-deaths-1200

गाेरखा । गोरखा नगरपालिका–१० स्थित छेपेटारमा गुडिरहेको ट्याक्टरबाट खसेर आज स्थानीयवासी एक युवाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार मृत्यु हुनेमा ३१ वर्षका डिलबहादुर नेपाली रहेको जानकारी दिनुभयो ।

बाह्रकिलो बजारबाट दिउँसो छेपेटारतर्फ जाँदै गरेको ग १ त ४३७१ नम्बरको आफँै चढेको ट्याक्टरबाट खसेर नेपालीको घटनास्थलमै मृत्यु भएको उहाँको भनाइ छ ।

ट्याक्टरबाट खसे लगत्तै सोही ट्याक्टरको पछाडिको भागले नेपालीलाई च्यापेको थियो । ट्रयाक्टरको ट्रलीबाट खस्दा उनको टाउँकोमा गम्भीर चोट लागेको थियो ।

घटनापछि ट्याक्टर र चालक उज्ज्वल कुमाललाई नियन्त्रणमा लिइएको डिएसपी दाहालले बताउनुभयो । रासस

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads