पोखरा । पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत शनिबार सम्पन्न पुरुष तथा महिला दौडको उपाधि तीर्थ पुन र महिलातर्फ शसस्त्र प्रहरी बल एपिएफ क्लवकी फूलमती रानाले जितेका छन् ।
नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा भएको उक्त दौड अन्तर्गत पुरुषतर्फ भारतीय सेनामा कार्यरत तिर्थ पुनले ३३ मिनेट ३३.०८ सेकेन्डमा दौड पूरा गर्दै उपाधि सहित नगद १५ हजार, मेडल र प्रमाणपत्र हात पारेका छन् ।
त्यसै गरी पुरुष तर्फ नै नेपाली सेनाका जितेन्द्र दनुवार दोश्रो भएका छन् । उनले उक्त दौड ३४ मिनेट ०७.०३ सेकेण्डमा दुरी पुरा गर्दै नगद १० हजार हात पारे भने काठमाडौका शिव बहादुर रायमाझीले ३४ मिनेट २२.०५ सेकेण्डमा दुरी पार गर्दै तेश्रो भएका छन । उनले नगद ५ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे ।
महिलातर्फको दौडको उपाधि शसस्त्र प्रहरीकी फूलमती रानाले ८३ जना प्रतिष्पर्धीलाई उछिन्दै उपाधि हात पारिन् । उनले उक्त दौड ४० मिनेट ५२.०२ सेकेण्डमा पुरा गर्दै नगद १५ हजारका साथमा मेडल तथा प्रमाण पत्र प्राप्त गर्न सफल भइन । उक्त दौडतर्फ धरानकी छेन्वी राईले ४२ मिनेट ०१.०६ सेकेण्डमा दुरी पार गर्दै दोश्रो भइन । उनले नगद १० हजार हात पारेकी छन भने एपिएफकी आशा रावतले ४३ मिनेट ५२.०३ सेकेण्डमा दुरी पार गर्दै तेश्रो भइन् । उनले नगद ५ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेकी छन् ।
विजेता खेलाडीहरुलाई पोखरा म्याराथनको अन्तर्राष्ट्रिय पार्टनर संस्था पोखरेली मञ्च यूकेका उपाध्यक्ष करम गुरुङ, मञ्चका अध्यक्ष एवम गण्डकी प्रदेश खेलकूद परिषदका सदस्य सचिब तेज गुरुङ, मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाट, प्रथम उपाध्यक्ष हरि पराजुली, कृषि विकास बैंक वरिष्ठ शाखा प्रवन्धक हिमलाल श्रेष्ठ, सोही वैंकका वरिष्ठ शाखा प्रमुख भोला शर्मा, मञ्चका सल्लाहाकार संयोजक दिल बहादुर गुरुङ, सल्लाहाकार शम्भु कार्की, द्वितिय उपाध्यक्ष दिल बहादुर गुरुङ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी, एथ्लेटिक्स संघका केन्द्रीय सदस्य गज बहादुर गुरुङ, मञ्चका सचिव कृष्ण तिमिल्सना, लगायतले मेडल, नगद तथा प्रमाणपत्र वितरण गरेका थिए ।
यस अघि पोखरा रंगशालाबाट शुरु भएको दौडको शुभारम्भ पोखरा महानगर पालिकाका प्रमुख मान बहादुर जिसीले गरेका गरेका थिए । सो अवसरका राष्ट्रिय खेलकूद परिषदका सदस्य राजेश कुमार गुरुङ लगायत अन्य विशिष्ट व्यक्तिको सहभागिता थियो ।
१० किमि दौडमा सहभागी जेष्ठ नागरिक ७४ वर्षीय टंकबहादुर श्रेष्ठलाई उनको हौसलाको कदर गर्दै हौसलाका लागि महानगरका प्रमुख जिसीले नगद १० हजार प्रदान गर्ने घोषणा गरे ।
१५ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत भएको उक्त दौड नगरको विभिन्न भाग परिक्रमा गर्दै मानवअधिकार चोकमा पुगेर सम्पन्न भएको थियो । प्रतियोगितामा विभिन्न १७ जिल्लाका पुरुषतर्फ ४ सय ३९ र महिलातर्फ ८३ जना धावकले सहभागिता जनाएका थिए । पोखरा म्याराथन अन्तर्गत आगामी वैशाख ४ गते ५ किमी छात्र–छात्रा दौड हुने भएको मञ्चले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
एकीकृत समाजवादी गण्डकीमा नेपाली
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
hero news full width
मुख्य समाचार
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१