मौसममा सुधार आउन अझै केही दिन लाग्ने

Avatar आदर्श समाज सम्वाददाता
चैत्र १४, २०७७
mausam

काठमाडाैं । पछिल्लो समय नेपालका अधिकांश जिल्लामा डढेलो लागेकाले प्रदूषणका कणहरु वायुमण्डलमा नै जम्मा भएकाले काठमाडौँ उपत्यकामा बाक्लो तुवालो लागेको छ ।

जल तथा मौसम विज्ञान विभागले एक बुलेटिन निकालेर नेपालका धेरैजसो स्थानको वायुमण्डल स्थिर अवस्थामा रहेको र यस्तो अवस्थामा प्रदूषणका कण छरिन नपाई वायुमण्डलमा नै तैरिरहने भएकाले प्रदूषण बढ्न गई पारदर्शितासमेत घटेको जनाएको छ ।

स्थिर रहेको वायुमण्डल आगामी केही दिनसम्म सुधार हुने सम्भावना कम रहेको मौसमविद् सविना शाक्यले बताउनुभयो । यसबाट हुने प्रदूषणको कारण स्वास्थ्यमा पर्ने नकारात्मक असर आँखा पोल्ने र श्वासप्रश्वासमा समेत समस्या आदिबाट बच्न आवश्यक कार्यबाहेक घर बाहिर ननिस्किन र निस्किनुपरेमा मास्क लगाउन हुन र आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । रासस

Related News

सम्बन्धित समाचार

    • बगाले बगेडी चरा संरक्षणप्रति सरोकारवालाको चासो

      जमुना वर्षा शर्मा जमुना वर्षा शर्मा चैत्र ३१, २०७७
      पोखरा । प्राकृतिक सौन्दर्यमात्र नभई पर्यावरण र जैविक विविधतामा पनि उत्तिकै महत्वपूर्ण मानिने बगाले बगेडी चरा संकटापन्न अवस्थामा पुगेपछि सरोकारवालाहरुले…
    • वायु प्रदूषणले आँखाका बिरामी बढ्दै   

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २५, २०७७
      कञ्चनपुर । वायु प्रदूषणका कारण कञ्चनपुरका बासिन्दामा आँखा पोल्ने, चिलाउनेलगायतका समस्या देखा पर्न थालेको छ । स्वास्थ्यचौकी र अस्पतालमा अधिकांश…
    • देशभरि वायु प्रदूषण, बाहिर ननिस्कन विज्ञको सुझाव

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २३, २०७७
      काठमाडाैं सहित देशभरि वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिनुभएको छ । वायु प्रदूषणले…
    • मौसम धुम्मिँदा ४ दिनदेखि पोखराबाट उडान ठप्प

      Bijay Nepal विजय नेपाल चैत्र १६, २०७७
      पोखरा । गण्डकी प्रदेश सरकारले सातवटै प्रदेशमा हवाई सम्पर्क जोड्ने प्रतिबद्धता जनाएको २ वर्ष भयो । भरतपुर र भैरहवामा अहिले…
    • ‘वायु प्रदूषण केही समयसम्म रहन सक्छ’

      Avatar आदर्श समाज सम्वाददाता चैत्र १५, २०७७
      काठमाडौं ।  काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा शुक्रबारदेखि अचानक देखिएको तुवाँलो र बढेको वायु प्रदूषणको स्तर केही समयसम्म रहन सक्ने…

    hero news full width

    sanil ads

    wordlink ads