पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ नाम सिफारिस

Avatar आदर्श समाज सम्वाददाता
चैत्र १४, २०७७
Photo1

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कुलपतिका लागि ३ जनाको नाम सिफारिस भएको छ । उपकुलपतिका लागि १२ जनाको जनाको आवेदन परेकोमा ९ जनाको नाम सर्ट लिस्टमा परेको थियो । कागजात र योग्यताक्रमका आधारमा तिनै ९ जनाबाट ३ जनाको नाम सिफारिस गरिएको हो ।

प्राडा डुकबहादुर क्षेत्रीको नाम पहिलो नम्बरमा त्यसपछि डा. धु्रव अधिकारी र प्रा. श्रीकृष्ण श्रेष्ठको नाम क्रमश दोस्रो र तेस्रो नम्बरमा परेको छ । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीको अध्यक्षतामा गठन गरेको सिफारिस समितिले आवेदकमध्येबाट ३ जनाको नाम उपकुलपतिका लागि कुलपति प्रधानमन्त्री केपी शर्मा ओली समक्ष सिफारिस गरेको हो । प्रधानमन्त्रीले १ जनालाई उपकुलपतिमा नियुक्त गर्ने प्रावधान छ ।

डा. क्षेत्री यस अघि पनि कुलपतिको प्रतिस्पर्धामा थिए । ४ वर्ष अगाडि डा. बुद्धिबहादुर थापासँगै उनको नाम पनि सिफारिसमा परेको थियो । त्यतिबेला डा. थापाको पल्ला भारी हुँदा डुकबहादुर पछाडि परेका थिए । अर्घाखाँचीमा जन्मेका क्षेत्री प्याथोलोजिस्ट हुन् । स्वास्थ्य सेवाको ११ औं तहबाट अवकाशप्राप्त उनी अहिले गण्डकी मेडिकल कलेजमा कार्यरत छन् । क्षेत्री पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ष्ठानको पदपूर्ति समिति अध्यक्ष हुन् । जिम्मेवारी खासै नभए पनि वरियतामा उपकुलपतिपछिको पद हो पदपूर्ति समिति अध्यक्ष । २०७२ को संविधानमा सरकार मातहत रहेका सबै संगठित संस्थामा कर्मचारीको पदपूर्ति लोकसेवा आयोगले नै गर्ने उल्लेख भएपछि पदपूर्ति समिति भूमिकाविहीन छ । सिफारिसमा परेका अर्का डा. ध्रुव अधिकारी मुत्ररोग विशेषज्ञ हुन् भने डा श्रेष्ठ बालरोग विशेषज्ञ हुन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. श्रीकृष्ण श्रेष्ठ, डा. डुकबहादुर क्षेत्र, डा. विदुरबहादुर वस्ती, डा. प्रल्हाद कार्की, डा. सुरेन्द्र शेरचन, डा. ध्रुवबहादुर अधिकारी, डा. भरतबहादुर खत्री, डा. गिरिधारि शर्मा पंगेनी र डा. सरोज शर्माको आवेदन परेको थियो ।

समितिले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलो नम्बरमा प्राडा राजेशनाथ गंगोलको नाम सिफारिस गरेको छ । त्यसैगरी, दोस्रो नम्बरमा रेडियोलोजिस्ट प्राडा दानबहादुर कार्कीको नाम सिफारिस गरिएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगल रावलको नाम १ नम्बरमा परेको छ । त्यहाँकै डिन डा. रेशम रानाको दोस्रो नम्बर र अर्का एक जनाको नाम तेस्रो नम्बरमा सिफारिस गरिएको छ ।

समितिले ८ चैतमा तीनवटै प्रतिष्ठानका लागि निवेदन परेका मध्येबाट सर्टलिस्ट छनौट गरी सार्वजनिक गरेको थियो । त्यसबेला २१ जनाले निवेदन दिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १३ जनाको नाम छनोट गरेको थियो ।

त्यसैगरी पाटन र पोखरामा १२–१२ जनाले निवेदन दिएको मध्ये ९/९ जनाको नाम सिमितले छनोट गरेको थियो । प्राडा. बुद्धिबहादुर थापाको कार्यकाल सकिएपछि प्रतिष्ठानमा उपकुलपतिको खोजी भएको हो । अहिले डिन डा. नरेन्द्रविक्रम गुरुङले निमित्त उपकुलपति भएर काम चलाइरहेका छन् ।

Related News

सम्बन्धित समाचार

    • पाल्पाली समाज पोखराको क्यालेन्डर विमोचन

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २८, २०७७
      पोखरा, २८ चैत । पाल्पाली समाज पोखराले वर्ष–२०७८ को क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । पोखरामा शनिबार…
    • लाङ्दी तमु समाजमा बालकृष्ण

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २८, २०७७
      पोखरा । लाङ्दी गाउँ तमु समाज पोखराको भेलाले बालकृष्ण गुरुङको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्ष…
    • अल नेपाल होमियोप्याथिक एसोसिएसनमा खगेन्द्र

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २८, २०७७
      पोखरा । अल नेपाल होमियोप्याथिक एसोसिएसनको पोखरामा शुक्रबार आयोजित १० औं महाधिवेशनले डा. खगेन्द्र कटुवालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको…
    • पाेखरा १७ र २१ मा सडकको अवस्था र पुल दयनीय

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २७, २०७७
      पाेखरा । बत्ती मुनिको अँध्यारो भनेजस्तै गण्डकी प्रदेशको राजधानी पोखरा वडा नम्बर १७ र २१ को सडकको अवस्था र पुलको…
    • पत्रकार महासंघ कास्की निर्वाचनको पूर्ण विवरण

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २६, २०७७
      पोखरा । पत्रकार महासंघ कास्कीको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार बिमला भणडरीले विजयी भएकी छन् । उनी १७४ मतले ल्याएर विजयी…

    hero news full width

    sanil ads

    wordlink ads