प्रभा बरालको उपन्यास ‘फिलिंगो’ लोकार्पण

आदर्श समाज सम्वाददाता
चैत्र १३, २०७७
filingo

पोखरा । प्रभा बरालको औपन्यासिक कृति फिलिंगो प्रज्ञाप्रतिष्ठानको सभाहलमा लोकार्पण भएको छ ।

डा. रजनी ढकाल, वसन्त बस्नेत, आलोक चालिसे र लेखक प्रभा बरालले कृतिको विमोचन गरे । जापानी र नेपाली परिवेश रहेको यो पुस्तकमा जापानी र नेपाली महिलाका मानवीय संवेदनाका प्रसंगहरु रोचक ढंगमा आएका छन् ।

जीवन आफ्ना लागि बाँच्नु पर्छ र आफ्नो अस्तित्वको लडाइँ आफै लड्नुपर्छ भन्ने चेतनाबोध बोकेको उपन्यास हो फिलिंगो । पुँजीवादी अर्थव्यवस्था र पितृसत्ताको शोषणमा महिलाहरु कसरी चेपिन्छन् भन्ने बारेमा यो उपन्यासले आवाज उठाएको छ ।

पैसाको पछाडि भौतारिन बाध्य आप्रवासी नेपाली, शिक्षाको नाममा पढ्न जाने विद्यार्थी र त्यसै क्रममा भोग्नु परेका भुक्तमानका कथाहरु यहाँ उनिएको छ ।

त्यसैगरी नेपाली युवायुवतीले जापानी भूगोलमा गरेका सङ्घर्षका अनेक किस्साहरुलाई उपन्यासले समेटेको छ ।

पुस्तक अक्षर प्रकाशनले बजारमा ल्याएको हो । ३०८ पृष्ठ रहेको यस पुस्तकको मूल्य ५५० रहेको छ ।

Related News

सम्बन्धित समाचार

  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दशकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…
  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा शनिबार कवि शिरोमणि लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन शीर्षकको अनुसन्धानमा केन्द्रित रही प्रबोधीकरण…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दसकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…

hero news full width