पोखरा । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार हुने १० किमी महिला तथा पुरुष दौडको सम्पूर्ण तयारी पूरा भएको छ ।
१५ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत १० किमी महिला तथा पुरुष दौडको सम्पूर्ण तयारी पूरा भएको मञ्चले जनाएको हो । पुरुष र महिलातर्फ विभिन्न १७ जिल्लाका धावकले नाम दर्ता गराएको मञ्चका द्वितीय उपाध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिए ।
पुरुषतर्फ ४ सय ७५ भन्दा बढीले र महिलातर्फ ८० जनाले नाम दर्ता गराएका छन् । दौडको शुभारम्भ तथा विजयीलाई नगद, मेडल तथा प्रमाणपत्र पोखरा महानगर पालिकाका प्रमुख मानबहादुर जिसीले अर्पण गर्ने कार्यक्रम तय भई सकेको मञ्चका अध्यक्ष एवं गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज गुरुङले जनाए ।
पोखरा रंगशालाबाट सुरु भई पृथ्वीचोक, मेयर हर्कचोक, मुस्ताङचोक, सहिद चोक, हल्लनचोक, डिहिको पाटन, जरेवर, जिरो किमी, सिर्जना चोक, सभागृह चोक, न्युरोड, विपी चोक हुँदै मानवअधिकार चोक (पोखरा ट्रेडमल) पुगेर समापन हुनेछ । दौडको रुटमा पर्ने सम्पूर्ण संघ संस्था तथा आमा समूहलाई सदाझैं सांस्कृतिक झाँकी र बाजागाजासहित धावकलाई स्वागत गरिदिन मञ्चले आह्वान गरेको छ । त्यसैगरी सवारी आवगमनका कारण धावकलाई बाधा पुग्ने भएकाले सम्पूर्ण यातायात व्यवसायीलाई केही समयका लागि आफ्ना सवारी साधन नचलाउनसमेत आग्रह गरेको छ ।
कोभिड १९ का कारण सम्पूर्ण स्वास्थ्यका मापदण्ड अपनाउँदै दौड कार्यक्रम आयोजना गरिएको मञ्चका आजीवन सदस्य तथा स्वास्थ्य समितिका संयोजक सम्मरबहादुर श्रेष्ठले जनाएका छन् । उनले भने, ‘हामी निकै सजग छौं र स्वास्थ्यका मापदण्ड अपनाएका छौं भने सहभागी खेलाडीलाई समेत यसबारे सचेत गराएका छौं ।’ स्वास्थ्य सचेतनासँगै खेलाडी तथा अन्य कार्यक्रममा सहभागीलाई नेलम्बो नेपालले स्वास्थ्यका सामग्री मास्क र सेनिटाइजरसमेत वितरण गर्ने तयारी भइरहेको संयोजक श्रेष्ठले बताए ।
विजयी महिला र पुरुषतर्फ प्रथम हुनेले समान १५ हजार, दोस्रोले १० र तेस्रोले ७ हजार साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । ३ सय जना धावकलाई उनीहरुले दौड पूरा गरेको क्रमसंख्याका आधारमा मेडल प्रदान गरिने मञ्चका प्रथम उपाध्यक्ष हरिप्रसाद पराजुलीले जनाएका छन् ।
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनअन्तर्गत गत फागुन १ मा पुरुषतर्फ म्याराथन र महिलातर्फको हाफ म्याराथन भइसकेको छ भने फागुन २२ मा महिला पुरुष ह्विल चियर र दृष्टिविहीन दौडसमेत सम्पन्न भइसकेको छ । सो इभेन्टअन्तर्गत आगामी वैशाख ४ मा छात्रछात्रातर्फ ५ किमी दौड हुँदैछ ।
Related News
सम्बन्धित समाचार
पोखरामा राष्ट्रिय स्नुकर प्रतियोगिता
क्रिकेटमा सेन्ट्रल क्रिकेट एकेडेमीको जीत
‘स्वस्थ नागरिकका लागि खेलमैदान’
लोकतान्त्रिक खेलकुदको बधाई
‘नवौं राष्ट्रिय खेलको मिति परिवर्तन हुँदैन’
hero news full width
मुख्य समाचार
राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
श्रावण ३१, २०७९भ्रष्टाचार उजुरीमा कास्कीका सबैभन्दा बढी
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी पोखरामा, दिनभर भेटघाटमा व्यस्त
श्रावण ३०, २०७९राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
श्रावण ३०, २०७९नागरिकता विधेयक फिर्तापछि तरंग
श्रावण ३०, २०७९