फाेटाेः एपी
काभ्रे । निमोनियाका कारण धुलिखेल अस्पतालमा उपचाररत दोलखाका एक पुरुषको मृत्यु भएको छ ।
उपचारका क्रममा बिहीबार मृत्यु भएका ६२ वर्षीय पुरुषको कोभिड–१९ परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । दोलखाको विगू गाउँपालिका निवासी ती पुरुष निमोनियाको लक्षण देखिएपछि उपचारार्थ बुधबार राति काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल भर्ना हुनुभएको र उहाँको उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो ।
मृत्युपछि शङ्का लागेर कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको अस्पतालका आकस्मिक विभाग प्रमुख डा सानुकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । थप सुरक्षाका मापदण्ड अपनाई अस्पतालको सेवालाई निरन्तरता दिइएको अस्पतालले जनाएको छ । निधनपश्चात् कोरोना पुष्टि भएको पुरुषको शवलाई नेपाली सेनाको टोलीले अन्त्यष्टि गरिएको छ ।
यसैबीच, जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमान्ड पोष्टको आकस्मिक बैठकले अस्पताललाई थप सुरक्षाका मापदण्ड अपनाई सेवा प्रवाह गर्न आग्रह गरेको छ । अस्पताललगायत क्षेत्रमा सावधानी अपनाउन र स्थानीय तहलाई थप सेचतना बढाउन आग्रह गरिएको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताउनुभयो ।
पोष्टका अनुसार हालसम्म काभ्रेपलाञ्चोकका तीन हजार ३७५ मा कोरोना सङ्क्रमण भएका थिए । कोरोना सङ्क्रमणबाट हालसम्म जिल्लाका १४ महिलासहित ४५ को मृत्यु भएको छ । सङ्क्रमितमध्ये सात होम आइसोलेशनमा उपचाररत छन् भने अन्य सङ्क्रमणमुक्त भइसकेका छन् । जिल्लामा हालसम्म कोभिडविरुद्ध २३ हजार ६३५ ले खोप लगाएको पोष्टले जनायो । रासस
Related News
सम्बन्धित समाचार
टेम्पल ट्रि रिसोर्टले बुझायो २ करोड कर
कोरोनाको नयाँ भेरियन्ट : संक्रामक तर घातक कम
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
hero news full width
मुख्य समाचार
पोखराको नदीपुर प्रहरी पोस्टमा सबै महिला
हिसान गण्डकी फुटसल सुरु
फागुन ४, २०८१गायिका समीक्षा अधिकारी सम्मानित
फागुन ४, २०८१बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
फागुन ३, २०८१पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१