कास्कीमा अत्यावश्यक बाहेकका भेला तथा जमघट नगर्न निर्देशन

आदर्श समाज सम्वाददाता
चैत्र १२, २०७७
cdo kaski

पाेखरा । कास्की लगायत मुलुकभर कोभिड संक्रमण बढेपछि कास्की प्रशासनले जिल्लाभित्र अत्यावश्यक बाहेकका भेला तथा जमघट नगर्न निर्देशन गरेको छ ।

कोरोना संक्रमण दिनदिनै बढ्न थालेपछि आज बसेको कोभिड १९ संकट व्यवस्थापन समिति कास्कीको बैठकले जिल्लाभर अनावश्यक सभा समारोह तथा भेला नगर्न निर्देशन जारी गरर्ने निर्णय गरेको हो । त्यसैका आधारमा प्रशासनले सूचना जारी गरेको छ ।

बैठकले अत्यावश्यक बाहेकका सबै भेला, जमघटमा प्रतिवन्ध लगाउने निर्णय गरेको छ ।

नजिकिएको होलीलाई केन्द्रित गर्दै प्रशासनले स्वास्थ्य मापदण्ड अनिवार्य पालन गर्न आग्रह गरेको छ । बैठकले सबै किसिमका आवागमन र भेटघाटमा मास्कको अनिवार्य एवं उचित प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ ।

होटल, रेस्टुरेन्ट, सरकारी तथा गैर सरकारी कार्यालयहरु, शैक्षिक संस्था, व्यावसायिक फर्म एवं बैंक तथा वित्तीय संस्थामा स्यानिटाइजर, मास्क, सामाजिक दुरी लगायतको मापदण्ड पूर्ण पालन गर्न गराउन पनि प्रशासनको अनुरोध छ ।

Related News

सम्बन्धित समाचार

hero news full width