स्वास्थ्य सावधानीसहित खास्टे महोत्सव

आदर्श समाज सम्वाददाता
चैत्र १२, २०७७
khasta 4

लेखनाथ । पोखरा २६ खास्टेतालमा चैत १२ गते बिहीबारदेखि सुरु हुने प्रथम खास्टे ताल महोत्सव स्वास्थ्य सावधानी अपनाएर सञ्चालन गरिने भएको छ ।

महोत्सवको करिब ८० प्रतिशत काम भइसकेको अवस्थामा कोभिड १९ को प्रकोप बढिरहेको अवस्थालाई मध्यनजर गरी स्वास्थ्य सावधानी अपनाई महोत्सव सञ्चालन गर्न लागिएको हो । कास्की प्रशासनले स्वास्थ्य सावधानीका सबै विधि अपनाएर महोत्सव सञ्चालन गर्न आदेश दिएको छ । प्रशासनको आदेशबमोजिम महोत्सवमा आउने दर्शकलाई अनिवार्य रुपमा मास्क लगाउने ,सेनिटाइजर लगाई ज्वरो नापेरमात्र प्रवेश गराइने आयोजकले जनाएको छ ।

महोत्सवमा आउने दर्शकका लागि मुख्य प्रवेशद्वारमा निशुल्क माक्स र सेनिटाइजरको व्यवस्था गरिएको आयोजक संस्था खास्टे तथा न्युरेनी ताल संरक्षण समिति अध्यक्ष हरिप्रसाद अधिकारीले जानकारी दिए ।

खरानेफाँटमा आयोजित खास्टेताल महोत्सवको तयारी पूरा भई उद्घाटनको पर्खाइमा रहेको प्रचार प्रसार उप समिति संयोजक ईश्वरराज भण्डारीले जानकारी दिए ।

महोत्सवमा१ सय १० वटा व्यावसायिक स्टल रहनेछन् भने नेपालका चर्चित गायक, गायिकाको दोहोरी लगायत हाँस्य प्रस्तुतिसमेत रहने छ । यस महोत्सवमा माछा तथा कृषि प्रदर्शनी पनि हुने महोत्सवका सहसंयोजक शिवहरि ढुंगानाले बताए । महोत्सव चैत २२ गतेसम्म सञ्चालन हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width