सिलाइ कटाइ तालिम

आदर्श समाज सम्वाददाता
चैत्र १२, २०७७
sip bikas

पोखरा । सीप विकास तालिम केन्द्र, बिरौटाको आयोजना तथा शुमकामना दलित महिला संजालको समन्वयमा पोखरा २९ तालचोकमा सिलाइ कटाइ तालिम सुरु भएको छ । ३ महिनासम्म चल्ने तालिममा पोखरा वडा २७, २८, २९, ३०, ३१, र ३२ का २० जना दलित महिलाको सहभागिता छ ।

दलित महिला संघ कास्कीका अध्यक्ष सुमित्रा गायकले दलित महिला संघ कास्कीले गठन गरेको शुभकामना दलित महिला सञ्जाल संयोजक अनिता परियारको अगुवाइमा तालिम प्रदान गरिएको धन्यवाद ज्ञापन गरिन् ।

संघले विशेषगरी दलित महिला जनप्रतिनिधि, स्थानीय जनप्रतिनिधि, दलित महिला अगुवा कार्यकर्ता र युवा नेताको राजनीतिक रुपमा सशक्तीकरण, राज्यका नीति, कार्यक्रम, योजना र विकास सम्बन्धी सचेतना कार्यक्रम गर्दै आएको छ ।

सो अवसरमा कार्यक्रम संयोजक खेमराज विश्वकर्मा, राम्रसाद पौडेल, अनिता परियार लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सीप विकास तालिम केन्द्र बिरौटाका कार्यक्रम अधिकृत रामप्रसाद पौड्यालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रविना थापा मगरले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width