नवलपुर । पूर्वी नवलपरासीको हुुप्सेकोटमा सुकुम्बासीको नामका जग्गा गैरसुकुम्बासीले हडपेको पाइएको छ । हुप्सेकोटको ३ मा १ सय बढी बिगाहा जग्गा गैरसुकुम्बासीले हडपेको पाइएको हो । तत्कालीन सु्कुम्वासी आयोगले पटक–पटक गरी २०४० देखि २०५५ सालसम्म सुकुम्बासीको नाममा जग्गा दिएको थियो ।
२ सय बढी सुकुम्बासीले यहाँ अहिले पनि खनजोत तथा जोतभोग गर्दै आएको भए पनि जग्गाधनी प्रमाण पुर्जा भने गाउँका टाढाबाढा, स्थानीय नेता तथा अगुवाको हातमा छ । विगतमा साविक देउराली गाविस वडा ३ र ४ (हाल हुप्सेकोट ३) को बेलहानीदेखि गिरुवारी हुँदै जुल्पीटारसम्म सुकुम्बासीले जंगल फाँडेर बसोबास सुरु गरेकोमा सुरक्षा निकाय, वन कार्यालय सम्बन्धित निकाय मिलेर पटक पटक बस्ती उठाउने, बस्तीमा आगो लगाउने काम भयो । तैपनि सुकुम्बासीलाई जग्गा वितरण सुरु गरियो ।
लालपुर्जा हुनेले जग्गा जोतभोग गर्न नपाउने तर जोतभोग गर्नेको हातमा लालपुर्जा हुनु प्रमुख समस्या
अर्कैले आफ्नो जग्गा हो भन्दै लालपूर्जा लिएर जग्गा दाबी गर्न आएपछि यहाँका सुकुम्बासीको बिल्लिबाँठ हुने भएको हो । आफूहरु २०३७ सालदेखि बस्दै आएको भए पनि अहिलेसम्म लालपूर्जा पर्न नसकेको स्थानीय डिलमाया कुमालले गुनासो गरिन् । यस्तै पीडा छ, टेकनारायण श्रेष्ठको पनि । उनले आफूले जोतभोग गर्दै आएका जग्गामध्ये केही थोरैको जग्गाधनी प्रमाणपुर्जा पाए पनि अन्य जग्गाको पुर्जा भने गाउँका केही टाठाबाठाको हातमा रहेको उनले बताए ।
स्थानीय जानकारका अनुसार यहाँको २ सय बढी घर सुकुम्बासीमध्ये केहीको हातमा लालपुर्जा भए पनि अधिकांश असली सुकुम्बासीको लालपुर्जा छैन । कतिपय वास्तविक सुकुम्बासीले आफूले जोतभोग गरे अनुसार त कतिपयलाई १ देखि ३ कठ्ठासम्म जग्गा दिएर मुख टाल्ने काम गरी टाठाबाठाले बाँकी जग्गा लिएको सुकुम्बासीको गुनासो छ ।
हुप्सेकोट ३, गिरुवारीमा सरस्वती संस्कृत तथा साधारण मावि विद्यालय निर्माणका लागि सुकुम्बासीले लालपुर्जा पाउँदा सँगसँगै अन्यलाई पनि जग्गा बेचिएको थियो तर उक्त रकम विद्यालयको खातामा नपुगेको र बीचमै गाउँका टाढाबाठाले खाएको स्थानीय लालबहादुर मल्लको दाबी छ ।
३० वर्षदेखिको यहाँको विवाद अझै सुल्झिएको छैन । बिचौलियाका कारण खनजोत गर्ने र स्कुलको नाममा पैसा तिरेर जग्गा लिने तर अहिले उपभोग गर्न नपाउने दुवै पक्ष अन्यायमा परेको कतिपयको ठहर छ ।
लालपुर्जा हुनेले जग्गा जोतभोग गर्न नपाउने तर जोतभोग गर्नेको हातमा लालपुर्जा नहुने यहाँको प्रमुख समस्या रहेको हुप्सेकोट ३ का वडाध्यक्ष छविलाल मिथुन बताउँछन् । यस विषयमा वडा कार्यालयबाट बुझ्ने काम भइरहेको उनको भनाइ छ । यहाँको झन्डै १ सय बढी बिगाहा जग्गा विवादित छ । जग्गा उपभोग एउटाले र लालपुर्जा अर्कोको नाममा भएपछि स्थानीयले वडा कार्यालयमा सामूहिक रोक्का गरेका छन् ।
Related News
सम्बन्धित समाचार
संक्रमण बढी भएका स्थानमा ३ साता शैक्षिक संस्था बन्द गर्न सिफारिस
आगलागीबाट पाँच घर जले
देवचुलीमा पानीको हाहाकार
सुवेदीको सिफारिसमा सर्वोच्च बारको ध्यानाकर्षण
गृह मन्त्रालयद्वारा २६ कर्मचारीको सरुवा
hero news full width
मुख्य समाचार
सभापतिबाहेक अरु पदमा उठ्दिनँ : डा शेखर कोइराला
आहारारा गोल्ड कप संकटालाई
चैत्र २८, २०७७पत्रकार महासंघमा विपुल पोखरेल प्यानल विजयी
चैत्र २८, २०७७कृषिमा छैनन् दरबन्दी अनुसार कर्मचारी
चैत्र २८, २०७७आहाराराले पाउनेछ नयाँ विजेता
चैत्र २८, २०७७मुख्यमन्त्रीलाई सांसद खड्काको ब्याटल : शालीन लाग्थ्यो, नकाब उघ्रियो
चैत्र २७, २०७७