म्यानमारमा बढ्दो हिंसा :  ७ वर्षे बालिकाको सुरक्षाकर्मीले गरे गोली हानी हत्या

आदर्श समाज सम्वाददाता
चैत्र ११, २०७७
myanmar

पाेखरा । म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर सात वर्षकी बालिकाको ज्यान गएको छ ।

गएको फेब्रुअरी १ मा सेनाले निर्वाचित सत्ता हत्याएपछि हुँदै आएको प्रदर्शनको क्रममा सुरक्षाकर्मीबाट मारिने उनी सबैभन्दा कम उमेरको व्यक्ति हुन् ।

मान्डली शहरको आफ्नो घरमै रहेका बेला बालिकाको गोली लागेर मृत्यु भएको परिवारका सदस्यले बताएका छन् ।

प्रदर्शनमा सुरक्षाकर्मीको ज्यादतीका कारण हालसम्म कम्तीमा २० बालबालिकाको ज्यान गएको बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था सेभ द चिल्ड्रेनले जनाएको छ ।

अहिलेसम्म १६४ जना प्रदर्शनकारीको ज्यान गएको आर्मीले बताएको छ । तर एसिस्टेन्स एसोसियसन फर पोलिटिकल प्रिजनर्स ९एएपिपि० का अनुसार हालसम्म कम्तीमा २६१ जनाको ज्यान गएको छ ।

मंगलबार सेनाले प्रदर्शनकारीको निधनप्रति दुःख व्यक्त गरेको थियो । तर उसले देशमा अस्थिरता निम्त्याउनमा प्रदर्शनकारीकै भूमिका रहेको आरोप लगाएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार सुरक्षाकर्मीले पितालाई लक्षित गरेर प्रहार गरेको गोली नजिकै बसिरहेकी सात वर्षे बालिकालाई लागेको हो ।

मृत्यु हुने बालिकाको नाम खिन मिओ चित रहेको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

गोली लागेर मृत्यु भएकी बालिकाका १९ वर्षे दाइलाई सुरक्षाकर्मीले पक्रेको परिवारका सदस्यले बताएका छन् । अहिलेसम्म यसबारे आर्मीले केही बताएको छैन ।

सेभ द चिल्ड्रेनले वक्तव्य जारी गरेर घटनाको निन्दा गरेको छ । एजेन्सीकाे सहयोगमा

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर…
  • हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । साहित्यकार सरुभक्तलाई ‘सातौं हेमराज पहारी स्मृति पुरस्कार–२०८०’ प्रदान गरिएको छ । हेमराज पहारी स्मृति प्रतिष्ठान पोखराद्वारा शुक्रबार आयोजित…

hero news full width