शुक्लागण्डकीमा फोहोरमैला व्यवस्थापन कार्यविधिमाथि समीक्षा

Avatar आदर्श समाज सम्वाददाता
चैत्र १०, २०७७
Shuklagandaki Municipality

शुक्लागण्डकी । शुक्लागण्डकीको फोहोरमैला व्यवस्थापन कार्यविधि २०७६ माथि पुनरावलोकन समीक्षा गरिएको छ । सयपत्री समाजका संस्थापक अध्यक्ष ठानबहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा अनन्तकुमार श्रेष्ठले शुक्लागण्डकी नगरपालिकाको फोहोरमैला व्यवस्थापन कार्यविधि, २०७६ माथि समीक्षात्मक टिप्पणी गरे ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ र नेपालको संविधानको अनुसूची ८ को प्रावधान अनुरुपको स्थानीय तहको एकल अधिकार सूची बमोजिम कानुन बनाउने अधिकार रहेको भए तापनि स्थानीय तहको कानुन निर्माणमा नक्कल गरिने समस्या व्यापक रहेको उल्लेख गरे । कानुन बनाउने क्रममा जनप्रतिनीधि सरोकारवालाबीच पटक पटक छलफल र अन्तत्र्रिmया गरी सूक्ष्म ढंगबाट केलाएरमात्र प्रकाशन तथा कार्यान्वयनमा लग्नुपर्ने उनको भनाइ थियो । नागरिकका लागि कानुन भएकाले कानुन निर्माण गर्दा नागरिकको हकहित र आवश्यकता अनुसारको हुने गरी बनाउन सुझाए ।

शुक्लागण्डकीका प्रशासकीय अधिकृत गंगालाल सुवेदीले सयपत्री समाजलाई कार्यक्रम आयोजना गरेको र ऐन कानुन निर्माणको तहमा थप सहयोग गरेको भन्दै धन्यवाद ज्ञापन गरे । नगरपालिकामा बनेका कानुनमध्ये फोहोरमैला व्यवस्थापन कार्यविधि पनि महत्वपूर्ण रहेको र फोहोरमैला मानिसको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको क्षेत्र रहेकाले यसलाई बढी ख्याल गर्नुपर्ने उनको भनाइ थियो ।

सुरुआती चरण भएर विज्ञको अभावले गर्दा त्यति प्रभावकारी हुन नसकेको कुरा स्वीकार गर्दै अब यस्ता खालका छलफल र अन्तक्र्रियाबाट सुधार्दै लैजाने अधिकृत सुवेदीले बताए ।

Related News

सम्बन्धित समाचार

    • बगाले बगेडी चरा संरक्षणप्रति सरोकारवालाको चासो

      जमुना वर्षा शर्मा जमुना वर्षा शर्मा चैत्र ३१, २०७७
      पोखरा । प्राकृतिक सौन्दर्यमात्र नभई पर्यावरण र जैविक विविधतामा पनि उत्तिकै महत्वपूर्ण मानिने बगाले बगेडी चरा संकटापन्न अवस्थामा पुगेपछि सरोकारवालाहरुले…
    • वायु प्रदूषणले आँखाका बिरामी बढ्दै   

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २५, २०७७
      कञ्चनपुर । वायु प्रदूषणका कारण कञ्चनपुरका बासिन्दामा आँखा पोल्ने, चिलाउनेलगायतका समस्या देखा पर्न थालेको छ । स्वास्थ्यचौकी र अस्पतालमा अधिकांश…
    • देशभरि वायु प्रदूषण, बाहिर ननिस्कन विज्ञको सुझाव

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २३, २०७७
      काठमाडाैं सहित देशभरि वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिनुभएको छ । वायु प्रदूषणले…
    • मौसम धुम्मिँदा ४ दिनदेखि पोखराबाट उडान ठप्प

      Bijay Nepal विजय नेपाल चैत्र १६, २०७७
      पोखरा । गण्डकी प्रदेश सरकारले सातवटै प्रदेशमा हवाई सम्पर्क जोड्ने प्रतिबद्धता जनाएको २ वर्ष भयो । भरतपुर र भैरहवामा अहिले…
    • ‘वायु प्रदूषण केही समयसम्म रहन सक्छ’

      Avatar आदर्श समाज सम्वाददाता चैत्र १५, २०७७
      काठमाडौं ।  काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा शुक्रबारदेखि अचानक देखिएको तुवाँलो र बढेको वायु प्रदूषणको स्तर केही समयसम्म रहन सक्ने…

    hero news full width

    sanil ads

    wordlink ads