सराङकोटका किसानलाई हाते ट्रयाक्टर

आदर्श समाज सम्वाददाता
चैत्र १०, २०७७
kisan 01

पोखरा । पोखरा १८ सराङकोटका किसानलाई हाते ट्रयाक्टर (मिनी टिलर) वितरण गरिएको छ । विशेष गरी व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका १४ जना किसानलाई ट्रयाक्टर वितरण गरिएको हो ।

पोखरा महानगरका प्रमुख मानबहाुदर जिसीले मंगलबार आयोजित कार्यक्रममा किसानलाई ट्रयाक्टर वितरण गरेका हुन् । करिब ४९ हजार पर्ने उक्त ट्रयाक्टरको मूल्यको ५० प्रतशित किसान र ५० प्रतिशत भावना सामुदायिक कृषि सहकारी संस्था, पोखरा महानगरपालिका वडा नम्बर १८ र सामुदायिक विकास कोषले व्यहोरेका छन् । ट्रयाक्टरमा वडा नम्बर १८ को कार्यालयले डेढ लाख, सामुदायिक विकास कोषले १ लाख र भावना कृषि सहकारीले ९३ हजार रुपैयाँ खर्चेका छन् ।

सराङकोटका किसान बालाकृष्ण अधिकारी, नारायण तिमिल्सिना, बेलबहादुर थापा, रमेश थापा, रामकृष्ण थापा मगर, चूडामणि पहारी, लोकबहादुर थापा, लक्ष्मी भण्डारी थापा, चिन्तामणि शर्मा, लोकनाथ तिमिल्सिना, लीलाधर तिमिल्सिना, लिप्तबहादुर थापा, बेलबहादुर जिसी, सूर्यप्रसाद तिमिल्सिनालाई ट्रयाक्टर प्रदान गरिएको हो ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई कृषिलाई प्रविविधसँग जोड्नुपर्ने बताए । उनले निर्वाहमुखी उत्पादन नभई व्यावसायिक उत्पादनमा जोड दिनुपर्ने बताउँदै कृषि विमालाई पनि प्राथमिकता दिनुपर्ने बताए । अनुदान दिँदामात्र उत्पादन नबढ्ने हुनाले कृषिलाई प्रविधि मैत्री बनाउँदै व्यावसायिक उत्पादनमा किसानले जोड दिनुपर्ने भनाइ उनको छ । उत्पादित वस्तुको बजारीकरण गर्न महानगरले सहयोग गर्ने जिसीले बताए ।

वडा नम्बर १८ का अध्यक्ष रणबहादुर थापाले कृषि उत्पादनमा जोड दिएर वडाले किसानलाई सहयोग गर्दै आएको बताए । पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले कृषि सहकारीमार्फत् किसानलाई कृषि सामग्री उपलब्ध गराउने योजना महाशाखाले बनाएको बताए ।

भावना सामुदायिक कृषि सहकारी संस्थाका अध्यक्ष बलराम कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य ज्ञानबहादुर थापा, भोजकुमारी थापा, सामुदायिक विकास कोषका अध्यक्ष बेलबहादुर थापा, नेकपा एमाले वडा कमिटीका अध्यक्ष पुष्कल थापा, नेपाली कांग्रेस वडा समिति सभापति शिवप्रसाद तिमिल्सिना, भावना सामुदायिक कृषि सहकारी संस्थाका सचिव मीनबहादुर थापा लगायतले कृषिको बारेमा चर्चा गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • महिला उत्थानमा सीप विकासका ४७ वर्ष

    आदर्श समाज सम्वाददाता फागुन २१, २०७९
    पोखरा हस्तकलाका माध्यमबाट विगत ४७ वर्षदेखि नारी उत्थानमा योगदान पुर्याउँदै आएको महिला सीप विकास संस्थाले यही फागुन २४ गते नारी…
  • संघ सरकारको दबदबा कायमै : रोशन गाहा

    धनबहादुर गुरुङ फागुन ४, २०७९
    अघिल्लो कार्यकाल प्रदेश सभा सदस्यमात्र भएर ५ वर्ष बित्यो । दोस्रो पटक निर्वाचित भएपछि पार्टीले मन्त्री बनाएको छ । विगतमा…
  • ‘बजेट खर्च बढाउन ऐन संशोधन’

    प्रकाश ढकाल फागुन ४, २०७९
    गण्डकीको अर्थतन्त्र अहिले ठ्याक्कै कुन अवस्थामा छ ? अन्तर्राष्ट्रिय परिस्थितिले पनि प्रदेशको अर्थतन्त्रमा प्रभाव पार्ने रहेछ । कोरोनाका कारण गण्डकीको…
  • संघीयताको जग बनेको रहेनछ : पञ्चराम

    आदर्श समाज सम्वाददाता फागुन ४, २०७९
    सुरुमा प्रदेश संरचनाको विरोधमा सडक तताउनुहुन्थ्यो, अहिले सरकारमै हुनुहुन्छ । किन ? हामीले राजनीति गर्ने भनेकै देश र जनताका लागि…
  • सिस्टमको विकास गर्दैछौं : हरिबहादुर चुमान

    आदर्श समाज सम्वाददाता फागुन ४, २०७९
    तपाईंले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय नै रोज्नुपर्ने कारण के हो ? यो विषय गठबन्धन सरकारको हो ।…

hero news full width