लागु औषधसहित २ जना पक्राउ

Avatar आदर्श समाज सम्वाददाता
चैत्र १०, २०७७
Drugs Photo

पोखरा । कास्कीमा लागु औषधसहित २ जना पक्राउ परेका छन् ।

सोमबार शंकास्पद रुपमा हिँडिरहेका पोखरा महानगरपालिका ३० ढुंगेपाटनका ३२ वर्षीय कृष्णबहादुर गुरुङ र पोखरा १७ बिरौटाका ३६ वर्षीय धनबहादुर गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको हो ।

पोखरा ३० भूगोलपार्कमा लागुपदार्थ बोकेर हिडेको उनीहरुको साथबाट डाइजापाम – १५ एम्पुल, फेनेरागन – १५ एम्पुल, नुर्फिन – १५ एम्पुल गरी जम्मा ४५ एम्पुल र मोबाइल थान–१ सहित फेला पारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।

उनीहरुलाई लागुऔषध सम्बन्धी कसुर अन्तरगत ५ म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रवक्ता हमालले बताए ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads