काठमाडौं । (माओवादी केन्द्र) ले गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैलासविरुद्ध पुनरावलोकनमा जाने तयारी थालेको छ ।
उक्त फैसलाको पुनरावलोकनका लागि आज माओवादीले कानून व्यवसायीसँग पारमर्श गरेको हो । सर्वोच्च अदालतले नेकपा (एमाले) र माओवादी केन्द्र एकीकरण गरी बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता बदर गर्दै पूर्ववत् अवस्थामा फर्काउने निर्णय गरेको थियो ।
ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग नेकपाको नाम जुधेको भन्दै अदालतले पुुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको नेकपा बदर गरी ती दुुई दललाई एकीकरण पूर्वको अवस्थामा पुर्याइदिएको थियो ।
नेकपाको नामसम्बन्धी मुुद्दामा सर्वोच्चले रिट निवेदकको मागदाबीभन्दा बाहिर गएर पार्टी एकीकरण बदर गर्ने फैसला गरेको भन्दै कानून व्यवसायीले आश्चर्य प्रकट गरेका थिए । यद्यपि, अदालतको फैसलाअनुसार दुवै दलले पूर्ववत् अवस्थामा आ–आफ्नो गतिविधि अगािड बढाएका छन् ।
माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको सो छलफलमा सहभागी कानून व्यवसायीले पनि सर्वोच्चले मागदाबीभन्दा बाहिर गएर फैसला गरेकाले पुुनरावलोकनमा जान सकिने सुुझाव दिएका सो पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिनुभयो ।
फैसलाको पुनरावलोकनका लागि ६० दिनभित्र प्रक्रिया अगाडि बढाउनुपर्ने कानूनी व्यवस्था छ । “पार्टी एकता बदर गर्ने सर्वोच्चको फैसला बेठीक छ भनेर पहिलेदेखि नै कानून व्यवसायीले भन्दै आएका थिए, यो फैसला न्यायिकभन्दा पनि राजनीतिक प्रकृतिको छ, मागदाबी नै नगरेको विषयमा फैसला गरिएको छ, त्यसकारणले छिटोभन्दा छिटो पुनरावालेकनमा जानुपर्छ भनेर कानून व्यवसायीको सुझाव रह्यो”, उहाँले भन्नुभयो, “अब पार्टीले छिट्टै निर्णय गरेर अगाडि बढ्छ ।”
सर्वोच्च अदालतको फैसलाबाट जनप्रतिनिधिमूलक संस्था संसद् पुनःस्थापना भए पनि सरकारको पछिल्लो गतिविधि फेरि पनि संसद् विघटन गर्ने दिशातर्फ उन्मुख रहेको पनि माओवादीले निष्कर्ष निकालेको छ । सरकारले सदनलाई प्रभावकारीरुपमा अगाडि बढाउन आवश्यक ‘बिजनेस’ दिन नसकेको भन्दै माओवादीले असन्तुष्टिसमेत व्यक्त गरेको छ ।
फेरि पनि संसद् भङ्ग गर्ने सङ्केत देखापरेको र त्यस्तो अवस्था आए के गर्ने भन्दै कानून व्यवसायीसँग परामर्शसमेत गरिएको सचेतक गुरुङले बताउनुभयो । “अहिलेको समसामयिक कानूनी जटिलता, संसद्मा देखापरेका असहजताका बारेमा नेताहरुले कानून व्यवसायीसँग परामर्श गर्नुभएको हो”, उहाँले भन्नुुभयो, “सरकारले संसद्लाई ‘बिजनेस’ दिन छाडेको छ, जसरी भए पनि फेरि संसद् भङ्ग गर्नेतर्फ सरकार अगाडि बढेको देखिन्छ । यस्तो अवस्थामा सदनलाई कसरी बचाउन सकिन्छ भन्ने विषयमा कानूनी परामर्श खोजिएको हो ।”
मन्त्रिपरिषद्को बैठकको सिफारिसमा गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएको थियो । गत फागुन ११ गते सर्वोच्च अदालतले संसद् भङ्ग गर्ने सरकारको उक्त कदम असंवैधानिक ठहर गर्दै प्रतिनिधिसभा पुुनःस्थापित गराइदिएको थियो । छलफलमा राजधानीमा उपलब्ध स्थायी समितिका सदस्य र कानून व्यवसायीको सभागिता थियो । रासस
Related News
सम्बन्धित समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
सरस्वती आदर्श विद्याश्रमको ३३ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
हिमालयन र एलपी देवकोटा फाइनलमा
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
hero news full width
मुख्य समाचार
ज्येष्ठ नागरिक समाजबाट सम्मान
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१