देउवाले भने : सरकारमा जाने तयारी छैन

आदर्श समाज सम्वाददाता
चैत्र १०, २०७७
NA-Chitwan-NCPresidentDeubab

विराटनगर ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले सरकारमा जान मरिहत्ते नगरेको बताएका छन्।

उनले सरकारमा जाने विषयमा पार्टीको पनि कुनै तयारी नरहेको स्पष्ट पारे।

देउवाले विराटनगर विमानस्थलमा मंगलबार पत्रकारसँग भने,  नेपाली कांग्रेसस प्रतिपक्षी दल भएकाले अहिले नै सरकारमा जाने तयारी छैन।’

कांग्रेस कहिले सरकारमा जाने भन्ने प्रश्न सोधिएपछि देउवा रिसाएका थिए। झोक्किँदै उनले भने, ‘विपक्षी पार्टी भनेको सुन्नु भएन ? कांग्रेस विपक्षी पार्टी, विपक्षी पार्टी ।’

त्यसो भए ओली सरकारलाई समर्थन गर्ने हो भन्ने प्रश्न गरिएपछि देउवाको आक्रोश झनै बढेकाे थियो । रिसाउँदै सोफाबाट उठेर उनले फेरि भने ‘हत्तेरिका ! विपक्षी पार्टी विपक्षमा हो, विपक्षी पार्टी ‘विपक्षी पार्टी ! जानुस्।’

Related News

सम्बन्धित समाचार

hero news full width