कोरोनाले मानसिक स्वास्थ्य समस्या बढायो

रासस
चैत्र १०, २०७७
Corona

काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण मुलुकमा मानसिक स्वास्थ्य समस्याको जोखिम बढ्दो रहेको मनोविद्ले बताएका छन् । कोरोनाका कारण परिवार र समाजमा परेको नकारात्मक असरले मानिसमा कुनै न कुनैरूपमा मानिसक समस्या देखापरेकाले त्यसको न्यूनीकरणका लागि मनोपरामर्श जरुरी रहेको मनोविद्को सुझाव छ ।

काठमाडौँमा द स्कूल अफ साइकोलोजी नेपालद्वारा सञ्चालित छ महिने मनोविमर्श तालिमको सोमबार समापनका क्रममा मनोविद् डा नरेन्द्रसिंह ठगुन्नाले कोभिड–१९ ले रोजगारी अभाव, आर्थिक समस्या, घरेलु हिंसा तथा आघातजन्य घटनाका कारण मानिसमा डिप्रेसन (अवसाद), चिन्ता, तनावलगायत मनोवैज्ञानिक असर बढ्न थालेको बताउनुभयो ।

“अब मानसिक स्वास्थ्य समस्या समाधानका लागि मनोविमर्श सेवा नै जरुरी छ”, उक्त संस्थाका अध्यक्षसमेत रहनुभएका मनोविद् डा ठगुन्नाले भन्नुभयो, “सरकारी र गैरसरकारी क्षेत्रबाट पनि सशक्त अभियान नै चाल्नु जरुरी छ ।” यसपालि उक्त संस्थाबाट १०औँ र ११औँ समूहमा सहभागी १४ प्रशिक्षार्थी दीक्षित भएसँगै उहाँहरुलाई प्रमाणपत्रसमेत वितरण गरिएको छ ।

संस्थाका संस्थापक अध्यक्ष पदमराज जोशीले दीक्षित प्रशिक्षार्थीले मानसिक स्वास्थ्य जोखिममा रहेका समुदायलाई मनोविमर्श सेवा प्रदान गर्न सक्ने र आवश्यक परेमा मनोविद् वा मनोचिकित्सककहाँ पठाउन सक्ने योग्यता प्राप्त गर्नेछन् । कम विकसित मुलुकमा विज्ञको अभाव हुँदा यसरी तामिल प्रदान गरेर मनोपरामर्शदाता सेवा दिने गरिएको छ । सोहीअनुसार नेपालमा पनि छ महिने तालिम दिएर मनोपरामर्शदाता उत्पादन गरिँदै आइएको छ ।

भक्तपुर बहुमुखी क्याम्पसमा प्राध्यापन गराउँदै आउनुभएकी प्रशिक्षार्थी सिर्जना श्रेष्ठले सामान्य स्वास्थ्य समस्या हुँदा मानिस औषधि लिन मेडिकल जाने गरेको तथ्य प्रस्तुत गर्दै सही मनोविमर्श सेवा प्राप्त भयो भने धेरै रोग त्यसै निको भएर जानेरहेछ भन्ने कुरा आफूले सिकेको बताउनुभयो । तालिममा स्टाफ नर्स, प्राध्यापन पेशामा सहभागी शिक्षक, मनोविज्ञान र व्यवस्थापन क्षेत्रमा काम गर्दै आएका व्यक्तिको आकर्षण बढिरहेको तालिम संयोजक जोत्स्ना डाँगीले बताउनुभयो ।

उहाँका अनुसार संस्थाले हालसम्म १५० भन्दा बढीलाई उक्त तामिल प्रदान गरेकामा उनीहरुमध्ये ८० प्रतिशत प्रशिक्षार्थी रोजगारीमा संलग्न भएका छन् । हाल १२औँ र १३औँ समूहको तालिम चलिरहेको र निकट भविष्यमा १४औँ समूहको प्रशिक्षण शुरु हुने जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

  • थ्रिस्टार सेमिफाइनलमा प्रवेश

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पाेखरा । आहारारा पोखरा गोल्डकपको पाँचौंपल्टको विजेता थ्रि स्टार क्लब २४ औं संस्करणको प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ । आइतबार…
  • पूर्वराजा ज्ञानेन्द्र पोखरामा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा आएका छन् । पोखरा र आसपासका जिल्लामा रहेका शक्तिपीठ भ्रमणका लागि उनी आइतबार समिट…
  • गण्डकी धौलागिरी पेट्रोलियममा मोहन

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसिएसनको २७ औं साधारण सभा तथा १४ औं अधिवेशनले मोहन सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति…
  • सम जयन्तीमा रंगकर्मीको सम्मान

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । नेपाली नाट्य क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने पोखराका ३ जना रंगकर्मीलाई सम्मान गरिएको छ । नाट्यसम्राट बालकृष्ण समको १२२…
  • बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित

    विजय नेपाल माघ २६, २०८१
    पोखरा । नेपाल कानून व्यवसायी परिषद्को निर्वाचनमा गण्डकी प्रदेश पार्षद सदस्यमा अधिवक्ता दयाराम गौतम निर्वाचित भएका छन् । प्रजातान्त्रिक कानून…

hero news full width