पोखरा । जिल्ला प्रहरी कार्यालयको आयोजनामा सोमबार प्रहरीहरुको स्वास्थ्य परीक्षण कार्यक्रम भएको छ ।
प्रहरी कर्मचारीहरूको समय समयमा स्वास्थ्य परीक्षण गरी स्वास्थ्य सतर्कता र मनोबल वृद्धि गराउन कार्यक्रम गरिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा सञ्चालित ‘अ न्यू बिट टु वाक’ कार्यक्रमअन्तर्गत ‘प्रभावकारी प्रहरी सेवाको लागि स्वस्थ प्रहरी अभियान’ भन्ने नाराका साथ १ दिने स्वास्थ्य शिविर कार्यक्रम गरिएको प्रहरी उपरीक्षक विनोद सिलवाल जानकारी दिए ।
जिल्लाको शान्ति, सुरक्षा, अपराध नियन्त्रण तथा अनुसन्धान र विपद् व्यवस्थापन जस्ता कार्यमा खटिने प्रहरी कर्मचारीको शारीरिक तथा मानसिक अवस्था चुस्त, दुरुस्त र स्वस्थ राख्न उक्त स्वास्थ्य शिविरको आयोजना गरेको हो ।
गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको चिकित्सक र प्राविधिक सहयोगमा ज्वरो, रुघाखोकी, ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोल, थाइराइड तथा छालासम्बन्धी परीक्षण गरिएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले सम्पूर्ण प्रहरी कर्मचारीको स्वास्थ्य अवस्था दुरुस्त राख्न स्वास्थ्य शिविर आवश्यक रहेको बताए । यस्ता खालको कार्यक्रमले प्रहरीहरुको मनोबल उच्च राख्दै जनताको सेवामा लाग्न प्रेरणा मिल्ने प्रमुख श्रेष्ठको भनाइ छ ।
Related News
सम्बन्धित समाचार
म्यान्मारमा सुरक्षाकर्मीद्वारा ८० प्रदर्शनकारी मारिए
नेकपा एमाले स्याङ्जामा समानान्तर कमिटी गठन
म्याजिक भ्यान अनियन्त्रित भई दुर्घटना हुँदा २ को मृत्यु, ७ घाइते
पर्वतका आगलागी पीडितलाई मन्त्रीले बाँढे राहत
माछा मार्न गएका युवकको ६ दिनपछि शव फेला
hero news full width
मुख्य समाचार
गुरुङ सरकार ढाल्न ३ दलको जोडतोड : जनमोर्चाको ग्रीन सिग्नल कुर्दै
संक्रमण बढी भएका स्थानमा ३ साता शैक्षिक संस्था बन्द गर्न सिफारिस
चैत्र २८, २०७७सभापतिबाहेक अरु पदमा उठ्दिनँ : डा शेखर कोइराला
चैत्र २८, २०७७आहारारा गोल्ड कप संकटालाई
चैत्र २८, २०७७पत्रकार महासंघमा विपुल पोखरेल प्यानल विजयी
चैत्र २८, २०७७कृषिमा छैनन् दरबन्दी अनुसार कर्मचारी
चैत्र २८, २०७७