अप्रिय निर्णय नलिन प्रमुख जिल्ला अधिकारीलाई पोउवासंघको आग्रह

आदर्श समाज सम्वाददाता
चैत्र ९, २०७७
pcci news @cdo

पोखरा । पोखरा उद्योग वाणिज्य संघले उद्योग व्यवसायलाई असर पर्ने कदम नचाल्न र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न कास्की प्रशासनसँग माग गरेको छ ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइराला नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सोमबार कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई भेटेर सो माग गरेको हो ।
‘लामो लकडाउनले नेपालको अर्थतन्त्रमा पु¥याएको असरबारे सबै जानकार छौँ’, उनले भने, ‘कोभिड १९ मत्थर नभएको बेला सचेत बन्नुपर्छ, यसको लागि प्रशासनले सचेतताको लागि प्रचार गर्नुपर्छ । मास्क लगाउन र सामाजिक दूरी कायम गर्नुपर्छ तर बजार र व्यवसाय बन्द गरिनु हुँदैन ।’

कोभिड १९ को दोस्रो लहर सुरु भएको भन्दै स्वास्थ्य मन्त्रालयले सूचना जारी गरेपछि लकडाउन हुनसक्नेमा पोउवासंघको ध्यानाकर्षण भएको हो ।
लकडाउन र त्यसपछिको विषम परिस्थितिमा पोखरा उद्योग वाणिज्य संघले नागरिकलाई सचेत रहन सार्वजनिक आह्वान गरेको स्मरण गर्दै उनले कास्कीको सिडिओको रुपमा गौतमको कार्यकालको सफलताको कामना पनि गरे ।

कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले संकटको बेला उद्योगी÷व्यवसायीले सरकारलाई ठूलो सहयोग गरेको स्मरण गरे । राज्यकोष नै रित्तिन लागेको बेला व्यवसायीले कर तिरेर ठूलो गुण लाएको बताउँदै उनले स्थानीय प्रशासन निजी क्षेत्रको समस्याप्रति जानकार र लचिलो भएको उल्लेख गरे ।

प्रतिनिधिमण्डलमा संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्की, महासचिव सुरेन्द्रमान बिजुक्छे, कोषाध्यक्ष बलराम आचार्य, उपमहासचिव केशवबहादुर खत्री र कार्यसमिति सदस्य हर्कबहादुर अधिकारी सहभागी थिए । उनीहरुले प्रमुख जिल्ला अधिकारीसमक्ष पोखरा नगर क्षेत्रको ट्राफिक र फुटपाथ व्यवस्थापन, शान्ति सुरक्षालगायतका विषयमा ध्यानाकर्षण गराएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width