कावासोती । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले शिक्षा क्षेत्रमा दलीय राजनीति गर्न नहुने बताएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती १४ त्रिभुवनटारस्थित नवलपुर बहुमुखी क्याम्पसको छैटौं क्याम्पस सभा तथा १३ औं वार्षिकोत्सव समारोहमा प्रदेश प्रमुख शेरचनले शिक्षाको विकासका लागि यो त्यो नभनीकन एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
शिक्षा क्षेत्रमा आमूल परिवर्तन आवश्यक भएको भन्दै उनले अनुत्पादक शिक्षा प्रणालीले देशलाई समृद्धिको दिशामा लैजान नसक्ने धारणा राखे । उत्पादन क्षेत्रमा काम लाग्ने खालको शिक्षा प्रणाली आवश्यक रहेको भन्दै उनले समृद्ध नेपालको आकांक्षा पूरा गर्न शिक्षा क्षेत्रको विकास जरुरी रहेको उल्लेख गरे ।
शिक्षा नीति व्यावहारिक नहुँदा देश विकास हुन नसक्ने बताउँदै उनले शिक्षा र स्वास्थ्य राज्यको प्राथमिक दायित्वभित्र पर्ने उल्लेख गरे । प्रदेश प्रमुख शेरचनले शान्ति, स्थायित्व र राष्ट्रिय एकताले मात्रै समृद्धिको आकांक्षा पूरा हुने बताए ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य विष्णुप्रसाद लामिछाने, नेकपा (माओवादी केन्द्र) का नेता मित्रशरण शर्मा, नेपाली कांग्रेसका नेता बद्री नेपाल र नेकपा (एमाले) का नेता रमेश पौडेलले क्याम्पसमा राजनीति हुन नदिने प्रतिबद्धता जनाए ।
क्याम्पस सञ्चालक समिति अध्यक्ष हेमराज दाहालको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख मुनादेवी लम्सालले क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा शैक्षिक तथा अतिरिक्त क्रियाकलापका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । क्याम्पसमा हाल व्यवस्थापन र शिक्षा संकायमा अध्यापन हुँदै आएको छ ।
Related News
सम्बन्धित समाचार
शिव शक्तिमा नवआगन्तुक विद्यार्थीको स्वागत, विद्यार्थीलाई रोजगार सुनिश्चित
सरस्वती आदर्श विद्याश्रमको ३३ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण
संस्कृत माविको १२४ औं अभिभावक दिवस
हेम्जा आवासीयमा पुरस्कार वितरण
मदरल्याण्डमा बृहत् सांस्कृतिक दिवस सुरु
hero news full width
मुख्य समाचार
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१