ओली–विप्लव भेटवार्ता

आदर्श समाज सम्वाददाता
चैत्र ९, २०७७
Oli-Biplab

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवबीच सोमबार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुको भेट भएको हो । विप्लवले सरकारसँग भएको सहमतिअनुसार आफ्नो पार्टीका नेता कार्यकर्ता रिहा गर्न ढिला भएको बताए ।

गत फागुन २० गते सरकार र विप्लव समूह नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका विप्लव समूहका नेता र कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने सहमति भएको थियो ।

जवाफमा प्रधानमन्त्री ओलीले नेता कार्यकर्ता रिहाइका लागि आफूहरु लागिरहेको जवाफ दिएका नेता चलाउनेले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width