वालिङमा बजार अनुगमन

आदर्श समाज सम्वाददाता
चैत्र ८, २०७७
anugaman~waling

वालिङ । वालिङमा आइतबार बजार अनुगमन गरिएको छ । वालिङ नगरपालिकाले अखाद्य बस्तुहरु बिक्री वितरण हुन नदिन, शुद्धतामा ध्यान दिन तथा बजार मूल्यमा एकरुपता कायम गर्न नगरका दुग्धजन्य डेरी, तरकारी तथा फलफूल पसलको अनुगमन गरेको हो ।

उपभोक्ता हित संरक्षण समितिका संयोजक एवं वालिङ नगर उपप्रमुख कल्पना तिवारीले बजारलाई सुव्यवस्थित बनाउनुका साथै उपभोक्तालाई गुणस्तरीय बस्तु उपलब्ध गराउन नगरपालिकाले नियमित बजार अनुगमन गर्दै जाने बताइन् । वालिङ नगर कार्यपालिकाले उपभोक्ता हित ऐन निर्माण गरी वार्षिक कार्यतालिका बमोजिम अनुगमन कार्य गरिएको उनको भनाइ छ ।

गर्मी मौसम सुरु भएसँगै अनेक खालका रोग लाग्न सक्ने भएकाले अखाद्य बस्तुहरुको बिक्री वितरण रोक्दै स्वच्छ र सफा खानेकुराको प्रयोग गर्न गराउन, मूल्य सूची राख्न तथा नगरपालिकामा पसल दर्ता गर्नका लागि व्यवसायीलाई सचेत गराइएको संयोजक तिवारीको भनाइ छ ।

इलाका प्रशासन कार्यालय वालिङ, वडा प्रहरी कार्यालय वालिङ, उपभोक्ता हित संरक्षण मञ्च, नगरस्तरीय उपभोक्ता हित संरक्षण समिति, पत्रकार लगायतको उपस्थितिमा अनुगमन गरिएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width