प्राडा अधिकारीलाई गीताञ्जली साहित्य रत्न

आदर्श समाज सम्वाददाता
चैत्र ८, २०७७
gitangali

पोखरा । गीताञ्जली साहित्य परिवारले प्रदान गर्ने गीताञ्जली साहित्य रत्न पुरस्कार प्राडा नारायण अधिकारीलाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिका संयोजक डा. जगन्नाथ रेग्मीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । पुरस्कारको राशि ११ हजार ५ सय रुपैयाँ, सम्मानपत्र र दोसल्ला छ ।

बाल साहित्य पुरस्कार दीपशिखा पौडेल र मुक्तकमणि राष्ट्रिय पुरस्कार शंकर ज्ञवालीलाई प्रदान गरिने निर्णयसमेत गरिएको छ ।

हरेक वर्ष प्रदान गरिने ३ वटै पुरस्कार यस वर्ष चैत १४ गते विशेष समारोहको आयोजना गरी प्रदान गरिने गीताञ्जली साहित्य परिवारका अध्यक्ष शिवप्रसाद गौतमले जानकारी दिए ।

डा.जगन्नाथ रेग्मी संयोजक रहेको प्रतिभा छनोट समितिमा पत्रकार दुर्गा अधिकारी र साहित्यकार रामनाथ अधिकारी सदस्य थिए । गीताञ्जली साहित्य रत्न पुरस्कारबाट यसअघि डा. कुसुमाकर न्यौपाने, कवि तेजनाथ घिमिरे, रुद्रबहादुर थापामगर हितानी, तारा पाखे, शरण आसु लगायत सम्मानित भएका थिए ।

२०५८ सालमा स्थापित संस्थाले भाषा साहित्य संस्कृतिको जगेर्ना गर्दै बालबालिका युवायुवती, ज्येष्ठ नागरिकलाई समेत आफ्नो साहित्यिक प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्दछ । संस्थाले आफ्नो स्थापनादेखि अहिलेसम्म २२० औं साधना प्रभात नियमित रचनावाचन गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । साहित्यकार सरुभक्तलाई ‘सातौं हेमराज पहारी स्मृति पुरस्कार–२०८०’ प्रदान गरिएको छ । हेमराज पहारी स्मृति प्रतिष्ठान पोखराद्वारा शुक्रबार आयोजित…
  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…
  • मिस नेपालको पोखरा अडिसन आज

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । मिस नेपालको पोखरा अडिसन मंगलबारदेखि सुरु हुने भएको छ । द हिडन ट्रेजरले हरेक वर्ष आयोजना गर्दै आएको…
  • वेद विद्याश्रममा छन्दोबद्ध कविता प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । पोखरा चिसाखोला वेद विद्याश्रमले रजत महोत्सव सन्दर्भमा प्रदेशव्यापी खुला छन्दोबद्ध कविता प्रतियोगिता भएको छ । प्रतियोगितामा संगम बस्याल…
  • मदरल्याण्डका शाश्वत निबन्धमा प्रथम

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०८०
    पोखरा । को–अपरेटिभ प्रेसिडेन्ट सोसाइटी (कोप्स सेन्टर) आयोजनामा भएको निबन्ध प्रतियोगितामा मदरल्याण्ड माविका छात्र शाश्वत रेग्मी प्रथम भएका छन् ।…

hero news full width