स्याङ्जामा लोकसाहित्यिक संगोष्ठी सकियो

Avatar आदर्श समाज सम्वाददाता
चैत्र ८, २०७७
loksahitya

पोखरा । स्याङ्जा साहित्य प्रतिष्ठान र त्रिभुवन आदर्श बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा लोकसाहित्यिक संगोष्ठी भएको छ ।

त्रिभुवन आदर्श बहुमुखी क्याम्पस मालेबगरमा भएको गोष्ठीमा देशभरका विभिन्न ठाउँहरुबाट लोकसाहित्यका अनुसन्धाता तथा विश्लेषकको सहभागिता थियो ।

प्रमुख अतिथि प्राडा मोतीलाल पराजुलीले लोकसाहित्यको सैद्धान्तिक पक्ष, लोकसाहित्यको अनुसन्धानमा अपनाइएका अभ्यास, लोकसाहित्यको अनुसन्धानका शक्ति र सीमा सम्बन्धमा प्रकाश पारेका थिए । उनले नेपाली लोकसाहित्यका क्षेत्रमा पुरानो पुस्ताले केही उल्लेख्य काम गरिसकेकाले नयाँ पुस्ताले त्यसैको जगमा टेकेर नयाँ नयाँ कामहरु गर्नुपर्ने धारणा व्यक्त गरे ।

त्यस्तै, प्राडा विष्णुप्रसाद पौडेलले लोकसाहित्यका खोजकर्ताहरुले यसको मौलिकता र गरिमालाई चिनेर अगाडि बढ्नुपर्ने बताए ।

प्राध्यापक टंकप्रसाद पन्थले लोकगीतको महत्वमाथि प्रकाश पारे भने साहित्यकार विश्वप्रेम अधिकारीले स्याङ्जाली लोकगीतको अध्ययनका क्रममा आफू पश्चिमाञ्चलका धेरै क्षेत्रका लोकजीवनमा प्रत्यक्ष सहभागी भएर सामग्री संकलन गरेको बताए ।

कार्यक्रममा त्रिभुवन आदर्श बहुमुखी क्याम्पसका उपप्राध्यापक प्रमोद पंज्ञानीले स्याङ्जाली लोकगीतमा अभिव्यक्त लोकजीवन, प्राध्यापक हुमाकान्त पाण्डेले बाह्रनामी (बाह्रनाथी) नाथ सम्प्रदाय र फेरी लगाउने परम्परा, प्राडा हिरण्यलाल ज्ञवालीले लोकसाहित्यका सन्दर्भमा नेपाली लोकगीत ः विगत र वर्तमान शीर्षकका कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि क्रमशः टंकप्रसाद पन्थ, युवराज पौडेल, विष्णुप्रसाद पौडेल, भूमिराज बस्ताकोटी, सुरज पौडेल लगायतले टिप्पणी गरेका थिए ।

स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष विश्वप्रेम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन त्रिभुवन बहुमुखी क्याम्पसका उपप्राध्यापक प्रमोद पंज्ञानी र स्वागत मन्तव्य स्याङ्जा साहित्य प्रतिष्ठानका उपाध्यक्ष टीकाराम बाग्लेले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

    • प्रवीण स्मृति कार्यक्रममा श्रष्टा सम्मान

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २०, २०७७
      हेमजा । अन्नपूर्ण गाउँपालिकामा शुक्रबार स्रष्टा सम्मान गरिएको छ । लोक गायक प्रवीण गुरुङको स्मृतिमा लुम्लेमा जारी कार्यक्रममा बाटुलेचौर निवासी…
    • पर्यटन काव्ययात्राको ९ बुँदे घोषणापत्र

      Avatar आदर्श समाज सम्वाददाता चैत्र १५, २०७७
      लमजुङ । लमजुङमा आयोजित साहित्यका लागि पर्यटन काव्ययात्रा ९ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । घोषणापत्रमा राष्ट्रकवि माधव घिमिरे, डा…
    • नाटक महोत्सवमा ‘न्यायको खोजी’ उत्कृष्ट

      Avatar आदर्श समाज सम्वाददाता चैत्र १५, २०७७
      पोखरा । पोखरा थिएटरले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव २०७७ मा ‘न्यायको खोजी’ नाटक प्रथम भएको छ ।…
    • लक्ष्मण थापाले ल्याए ‘अक्षरहरुको मूर्च्छना’

      Avatar आदर्श समाज सम्वाददाता चैत्र १४, २०७७
      पोखरा । साहित्यकार लक्ष्मण थापाको पाँचौ कृति कविता संग्रह ‘अक्षरहरुको मूर्च्छना’ शनिबार पोखरामा लोकार्पण गरिएको छ । पोखरेली युवा सास्कृतिक…
    • प्रभा बरालको उपन्यास ‘फिलिंगो’ लोकार्पण

      Avatar आदर्श समाज सम्वाददाता चैत्र १३, २०७७
      पोखरा । प्रभा बरालको औपन्यासिक कृति फिलिंगो प्रज्ञाप्रतिष्ठानको सभाहलमा लोकार्पण भएको छ । डा. रजनी ढकाल, वसन्त बस्नेत, आलोक चालिसे…

    hero news full width

    sanil ads

    wordlink ads